विशेष

एक करोड पचास लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचनका लागि �. . .


एमाले नेता बिनोद ढकाललाई पितृ शोक

विराटनगर। नेकपा एमालेका नेता तथा सामाजिक राजनीतिक व्यक्तित्व बिनोद ढकाललाई पितृ शोक परेको छ । प्रतिनिधिसभा सदस्य मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार समेत रहेका ढकालका १०१ वर्षीय बुबा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दि. . .


तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल

रामेछाप । मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ । पारिवारिक स. . .


टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समू�. . .


आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ भने कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया ब�. . .


आईसिपी विराटनगरमा सवारीको जाम, सफ्टवेयर नचल्दा दुई दिनदेखि लाइन

विराटनगर । एकिकृत जाँच चौकी (आईसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा मालवहाक बोकेर प्रवेश गर्ने सवारी र जाँचपासपछि बाहिरीने मालवहाक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टी गर्न नसक्दा आईसिपी �. . .


विराटनगरमा खसी भन्दै बाख्राको मासु बिक्री गर्ने दुई पसललाई कारवाही

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्र�. . .


अख्तियार दुरुपयोग सामान्य त्रुटि होइन, राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शक्ति र पदका आधारमा क. . .


रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । दुर्घटनामा परी केह�. . .


मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, सुरक्षा टोलीद्वारा मतदान केन्द्र अनुगमन

विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मोरङ जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको टोलीसहित मोरङका सबै सुरक्षा निकायहरू निर्वाचन लक्षित अनुगमनमा सक्रिय भएका छन् । जिल्लाभर रहेका मतदान केन्द्रहरूको अवस�. . .


चोरले दुःख दिएपछि मोरङ क्याम्पस विराटनगरमा विद्यार्थी–कर्मचारी र शिक्षकका लागि पोशाक अनिवार्य

विराटनगर। चोरेले पार्किङ्गमा राखेका साइकल चोरेर दुःख दिएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर अनाधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । यदि विद्यार्थी, कर्मचारी र शिक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा भिजिटर पास लिनुपर्ने भएको छ । क्याम्पस परिसरमा प्रवेश गर्न विद्यार्थी, कर्मचारी र श�. . .


सौर्य एयरलाइन्सले पायो अनुमति, फागुनमध्यदेखि विराटनगर र भद्रपुर उडान

विराटनगर । सौर्य एयरलाइन्सले पुनः उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको हो । नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँच�. . .