विशेष

सुनवर्षीमा गाईले कुल्चिएर बालिकाको मृत्यु

रबिन्द्र बराल रंगेली । मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा मंगलबार राति ७ बजे गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको ४ वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो । छिमेकी सुनवर्षी ९ का सहदेव यादवले गाई घर लैजाने क. . .


नोबेलमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह ४ :१८ बजे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार उनको बेलुका ९ :३१ मा निधन भएको हो ।. . .


प्रदेश १ मा आज ५७७ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .


कोभिड–१९ विरुद्ध खटिने फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति

विराटनगर । प्रदेश सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, ओसारपसार र शव व्यवस्थापनमा खटिने फ्रन्टलाइनर व्यक्ति संक्रमित भई निधन भएमा परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमितसँग दैनिक जोडिने चिकित्सक, स्वास्थ्�. . .


कोरोना त्रास ः ५८ जनाको मृत्यु, आठ हजार ६५९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।  . . .


विराटनगर रानीमा होल्डिङ एरिया सञ्चालनमा

विराटनगर । विराटनगरको सीमा क्षेत्र रानीमा होल्डिङ एरिया सञ्चालनको अन्तिम तयारी गरिएको छ । तत्काल भाडाको घरलाई होल्डिङ एरियाको रुपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो । त्यसपछि नेपाली सेनाले नयाँ संरचना तयार गर्नेछ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले केहिदिन अगाडी नै गरिएको निर्णय अनुसा�. . .


नोबेलमा दुई र वीपीमा एकजना संक्रमितको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेल एण्ड टिचिङ अस्पतालमा दुईजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका तीनजनाको मृत्युभएको हो । नोबेलमा सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रवन्धक न�. . .


हकदावी दर्ता गर्दै विराटनगर विमानस्थल विस्तार क्षेत्रका जग्गाधनी

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्�. . .


बरगाछी चौकको स्तम्भ भत्कियो (भिडियो अपडेट)

आज राती करिब ९ बजे भएको दुर्घटनामा विराटनगरको बरगाछी चौकमा रहेको कंक्रिट स्तम्भ भत्किएको छ । उत्तरबाट दक्षिण तर्फ आइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकले स्तम्भमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो । दुर्घटनामा चालक सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।. . .


प्रदेश १ मा ६११ र विराटनगरमा १९३ जना नयाँ संक्रमित, परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा पुष्टि

विराटनगर । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । । एक हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलामम. . .


कोरोना आक्रान्त : सेकेण्ड भेरियन्टबाट मात्रै ४७ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर चलेयता मंगलबार एकैदिन प्रदेश १ मा सातजनाको मृत्यु भएको छ । संक्रमण पुष्टिपछि जटिल स्वास्थ्य अवस्थाका कारण उपचारका लागि अस्पताल भर्ना भएका छ जना र होम आईलोसेनमा रहेकै अवस्थामा एकजनाको पछिल्लो १२ घण्टाकै अवधीमा मृत्यु भएको हो । नोबेलमा चार, वीपीमा एक, बिएण्डसीमा �. . .


नोबेलमा चारसहित छ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा कोरोना संक्रमणबाट प्रदेश १ का विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चार जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र बिर्तामोडस्थित बिएण्डसीमा एकजनाको मृत्यु भएको हो । नोबेलका प्रवन्धक नारायण दाहालका अनु�. . .