Admin_OB

विराटनगरमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलद्वारा रक्तदान कार्यक्रम

विराटनगर, असार १७ लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा आज विराटनगरस्थित सप्तकोशी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा ३२ पिन्ट रगत संकलन गरिएको क्लबकी अध्यक्ष लुना श्रेष्ठले जानकारी दिइन्। कार्यक्रममा विभिन्न पेशागत र साम�. . .


नेपाल युवा उद्यमी मंच विराटनगरको लर्निंग सेसन सम्पन्न

नेपाल युवा उद्यमी मंच विराटनगरले लर्निंग सेसन सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार साँझ ह्यापी आवर हेभेनमा सम्पन्न लर्निंग सेसनमा नेपालको व्यापारिक परिदृश्य, अवसर र सावधानीहरुका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सीए सुरज तिम्सिनाले युवा उद�. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कुलको उत्कृष्ट नतिजा, सृजि पोखरेलको ४.० जीपीए

विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलकी छात्रा सृजि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेकी छिन्। स्कुलका प्रिन्सिपल पंकज खड्काका अनुसार, यस वर्ष स्कुलका १३ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र केहीले बी ग्रेड हासिल गरे�. . .


उर्लाबारीमा १२९७ महिलाको स्वास्थ्य परीक्षण, २३ जनामा क्यान्सरका शंकास्पद केस फेला

विराटनगर । कल्प इम्पावर वेमेन नेपालको पहल तथा उर्लाबारी नगरपालिकाको आयोजनामा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका भित्रका ९ वडामा स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न भएको छ। असार १ गतेदेखि ९ गतेसम्म संचालन भएको मातृत्व जोगाउने अभियान "क्याम्पिएन सी-क्याप" अन्. . .


नेपाली काँग्रेस : गौरवको इतिहासदेखि बेइज्जतको वर्तमानसम्मको यात्रा

परिचय: एक गौरवशाली विरासत नेपाली राजनीतिको केन्द्रमा करिब आठ दशकदेखि रहँदै आएको नेपाली कांग्रेसको स्थापना केवल एक राजनीतिक दलको उदय थिएन, यो जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको बिहानीको उद्घोष थियो। विश्वेश्वरप्रसाद कोइराला (बीपी), गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर जस्ता दूर�. . .


विराटनगरको सत्यनारायण माविमा उद्यमशीलता तालिम सम्पन्न, उत्कृष्ट समूहलाई सिड मनी प्रदान

विराटनगर, असार १०, शिक्षाबाट सीप र उद्यमतर्फको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा उद्यमशीलता तालिम सम्पन्न भएको छ। हेल्भेटस नेपाल र इन्सियोरको सहयोगमा आयोजित उक्त तालिमले विद्यार्थीहरूलाई व्यावसायिक सोच र सीप विकासमा केन्द्रित गरेको थियो। तालि�. . .


विराटनगरमा मस्तिष्क पक्षघात पीडित बालबालिकाहरूका लागि विशेष अस्पताल निर्माण

विराटनगर असार १०, मस्तिष्क पक्षघात पीडित बालबालिकाहरूका लागि विराटनगरमा विशेष अस्पताल निर्माण गरिएको छ। मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाले आफ्नी स्व.दिदि रोटरियन सविता अग्रवालको स्मृतिमा उक्त अस्पताल निर्माण गराएका हुन्। विराटनगर महानगरपालिका–४ स्थि�. . .


गृहमन्त्री लेखक बोलेपछि रास्वपाका सांसदहरूको पुन उठेर विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै उठेका रास्वपाका सांसदहरु गृहमन्त्री रमेश लेखकले जवाफ दिने बेला बसेका थिए। गृहमन्त्री लेखक बोलेपछि भने रास्वपाका सांसदहरूले पुन उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवर. . .


विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, असार १०,नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको छ। इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।. . .


एसीसी यू–१६ इष्ट जोन कप क्रिकेट : जापानविरुद्ध नेपालको सहज जीत

मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमै केवल एक विकेट गुमाएर पूरा गर्‍यो . . .


बुढीगंगा गाउँ युवा परिषदद्वारा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै

बुढीगंगा । बुढीगंगा गाउँ युवा परिषदको आयोजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। परिषदका संयोजक क्षितिज थापा मगरका अनुसार खेलाडीहरूको आत्मबल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता नक आउट चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत असार १३ गतेदेखि २१ गतेसम्म. . .


विराट ब्लड बैंकले मनायो सप्ताव्यापी विश्व रक्तदाता दिवस

विराटनगर। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको विराट ब्लड बैंकले सप्ताव्यापी रूपमा विश्व रक्तदाता दिवस मनाएको छ। 'विराट लाईफ सेभर ब्लड डोनेसन ड्राईभ भी ३' कार्यक्रम सप्ताव्यापी रूपमा मनाएको हो। उक्त कार्यक्रममा १७७ जनाले रक्तदान गरेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। वि. . .