Admin_OB

जब गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी भयो …..

काठमाडौं । गुडिरहेको बसमा विद्युतको तार सर्ट भइ आगलागी हुँदा बससहित एक मोटरसाइकल पनि जलेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको थियो । सो क्रममा बसको छतमा राखिएको बा ९८ प ४२३२ नम्बरको मोटरसाइकल पनि जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा ४ ख ८७८ �. . .


ओखलढुङ्गा अस्पताल वरपर मदिरा निषेध,बिक्री वितरण र सेवन गरे कारवाही

ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ ।लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्ष�. . .


विप्लवका नेता-कार्यकर्तालाई घुँडामुनि गोली हानेर पक्राउ गर्न निर्देशन

काठमान्डौ चैत्र ३ , सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेत्रविक्रम चन्द र उनका नेता,कार्यकर्ताको खोजी तीव्र पारेको छ ।सरकारले विप्लव समूहको गतिविधि बढी भएका जिल्लामा सुरक्षाकर्मी बढाएर खोजी कार्य तीव्र बनाएको हो । गृहमन्त्रालयका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिका�. . .


पाँचथरको हिलिहाङ्गमा आगलागी:६ घर जलेर नष्ट,जङ्गलको आगो अझै नियन्त्रण बाहिर

हिलिहाङ, चैत ३ गते । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ�. . .


म्याग्दीमा यस्तो : एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने

गलेश्वर, चैत ३ गते । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई०मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो. . .


पुर्वान्चलको पहिलो टेलिभिजन “मकालु” एचडी बन्यो

बिराटनगर चैत्र ३, पुर्वान्चलको पहिलो टेलिभिजन "मकालु" एचडी बनेको छ । बिराटनगरबाट प्रशारण भइरहेको मकालु टेलिभिजन आजभन्दा ३ महिना अघि नै हाइ डेफीनेसन (एचडी) बनेको  हो । एचडी बनेपछि टेलिभिजन अझ गुणस्तरीय भएको टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुबेदीले बताए  । साथै उनले  "मकालु" एचडी बनेपछि दर्शकबाट पनि �. . .


सुनसरी वराहक्षेत्रका माछा पोखरी सुक्न थालेपछि कृषक निराश

इनरुवा, चैत ३ गते । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए प�. . .


झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगियो ,तत्कालीन एमालेले ६० र माओवादीले ४० प्रतिशत नेतृत्व

विराटनगर : झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ। दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्। नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ६ मा तत्कालीन माओवादी केन्द्र र ९ तहमा तत्कालीन एमालेले नेतृत्व गर�. . .


गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

बनियानी चैत्र ३ । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’. . .


नेकपा अध्यक्ष दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाने

काठमाडौं चैत्र ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् । पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ दाहाल आज साँझ अमेरिका जान लागेका हुन् । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचार�. . .


राजविराज विमानस्थलमा चारैतिर सञ्चालित इँटा भट्टाका कारण उडान र अवतरणमा प्रभाव

माला कर्ण , सप्तरी, चैत ३ गते । चारैतिर सञ्चालित इँटा भट्टाका कारण राजविराज विमानस्थलमा उडान र अवतरणमा प्रभाव पर्ने भएको छ । राजविराज विमानस्थलको पूर्व–पश्चिममा १३ वटा इँटा भट्टा सञ्चालनमा छन् । तिनबाट निस्कने धूवाँले आकाश चारैतिर धुमलिरहेको हुन्छ । राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको प�. . .


उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी , आगलागी नियन्त्रण कार्य शुरु

गाईघाट, चैत ३ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्�. . .