विराटनगर पौष १३, नेपालभरी मौसम चिसो भइरहेको अवस्थामा आज धनकुटामा हिउँ परेको छ । धनकुटामा अहिले साँझ हिउँ परेको हो । धनकुटाको हिले आसपासमा हिउँले वातावरण निकै चिसिएको छ । तस्बिरमा हेर्नुहोस् । (होराईजन रिसोर्टबाट लिइएको तस्बिरहरू). . .
बिराटनगर पुष १३ , सामाजिक संजाल फेसबुकमा एउटा यस्तो समुह छ जसले एकजुट भएर बिभिन्न सामाजिक काम गर्दै आएको छ । "वोमन्स रुम रिलोडेड" (डब्लूआरआर) नाम गरेको समुहका मोरङ जिल्लाका युवतीहरुले तराईको चिसोबाट पिडित सुनसरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाआश्रममा न्यानो कपडा साथै खानेकुरा वितरण गरेका छन् । �. . .
बिराटनगर पुष १३ , बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सि�. . .
बनियानी । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नु�. . .
भोजपुर पुष १३ । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव. . .
काठमाडौं पुष १३ । एनआईसी एशिया बैंकले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट . . .
राजविराज, रासस । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ म. . .
सोलुखुम्बु, पुस १३ गते । यस सिजनमा सुन्तला बगैँचामा रहर लाग्दो गरी लटरम्म हुनुपर्ने सुन्तलाको उत्पादन यस वर्ष सोलुखुम्बुको सुन्तला उत्पादन क्षेत्र मानिने देउसा, मुक्ली, सल्यान र नेचामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा जस्तै उत्पादन कम भएको देउसाका सुन्तला कृषक राजकुमार राईले बताउनुभयो. . .
धनकुटा, पुस १३ गते । धनकुटाका नगरपालिका ४ स्कुल डाँडाका राजकुमार तामाङको बारीमा लगाएको २५ वर्ष पुरानो बोटमा एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो फलेको छ । एउटै बोटबाट एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो बेचेका राई बोटमा करिब दस क्विन्टलभन्दा बढी एभोकाडो फलेको बताउनुहुन्छ । उहाँका अनुसार हाल स्थानी�. . .
ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । शिक्षाविद भेषराज पोखरेलले यसरी सुनाए आफ्नो कथा : https://www.youtube.com/watch?v=AZeZ-bOYKRU&feature=youtu.be&fbclid=IwAR3ibe0bwCpGekyh7CTjDJR9m3-odApVS55tCVXqGnlAqG7-lEpnjXhobRk. . .
विराटनगर पुष १२ । विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । बिहीबारबाट सुरु भएको जलवायुका लागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न. . .
अमर काफ्ले इनरुवा । सुनसरीको गढी गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । सर्भिस यूवा क्लबको संयोजनमा गढी गाउँपालिकाको कार्यालय औराबनीले पुष २३ गतेबाट प्रतियोगिता संचालन गर्न लागेको हो । गढी खेल मैदानमा संचालन हुने प्रतियोगिताको फाइनल खेल पुष ३० गते हुने छ । वडाका ८ वटा. . .