काठमाडौं भदौ १२ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् । आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिध�. . .
मोरङ, भदौ १२ । उर्लाबारी नगरपालिका वडा नम्बर–६ का वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सोमबार जानकारी दिए । मोरङ–११ मा आबद्ध फुट�. . .
विराटनगर, १२ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गर�. . .
पाँचथर भदौ १२ । पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सन. . .
काठमाडौं भदौ १२ । काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक�. . .
सिन्धुपाल्चोक भदौ १२, मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिएका छन् । जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । ठकुर�. . .
कोकिला ढकाल इलाम, भदौ १२ गते । देख्दा टपक्कै टिपेर खाउँ–खाउँ लाग्छ, तर भनिन्छ ‘खोर्सानीको जातै पीरो । ’ त्यही भएर होला यतिबेला इलामका धरै किसानका बारीमा अकबरे खोर्सानी लटरम्म छ । अकबरे भदौ पहिलो सातादेखि टिप्न सुरु भएको छ । अहिले इलाममा बाटा, बजार र चोक–चोकमा अकबरे बिक्रीका लागि राखिएको भेट्न सकिन्छ । �. . .
राजविराज (रासस) । गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ । कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब �. . .
लहान, भदौ १२ गते । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव म�. . .
विराटनगर ११ भदौ । प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । करिब १० वटा गाडीमा विराटनगर ओर्ल�. . .
महोत्तरी भदौ ११। महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ । औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् । शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशाल�. . .
विराटनगर ११ भदौ । विराटनगर महागनगरपालिका ६ स्थित भाटभटेनी सुपर मार्केट नजिकैबाट आइतबार राती १० बजे ३६० एम्पुल लागुऔषध टिडिजेसिक २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका(४ बस्ने वर्ष ३४ को अनिल कुमार चौधरी र सोही स्थान बस्ने वर्ष २७ की कल्पना परीयार रहेका छन् । उनीहरुलाई वडा प्रहरी. . .