Admin_OB

राजविराजमा ससुराको कुटपिटबाट ज्वाइँको हत्या

सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् । दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरी. . .


बिराटनगरको टेन ११ लाउन्जमा विश्वकप फुटबल देखाइने

बिराटनगर जेठ ३० , २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । जुन १४ गते देखि सुरु हुने विश्वकप २०१८ का खेलहरु बिराटनगरको टेन ११ होटेल एण्ड लाउन्जमा लाइभ देखाइने भएको छ  । बिराटनगर महेन्द्र चोकमा रहेको उक्त होटेलमा विश्वकप फुटबल ठुलो स्क्रिनमा देखाइने होटेल संचालक अमिश बरालले जा�. . .


इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने

बिराटनगर जेठ ३० ,  इटहरीमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा सञ्चालनमा आउने भएको छ । इटहरी उपमहानगरपालिका–४ को आइतबारेमा उक्त सिनेमा हल सञ्चालनमा आउन लागेको हो । ९ जना चलचित्र व्यवसायीहरुको संयुक्त लगानीमा सिनेमा हल सञ्चालनमा आउन लागेको हो । दुई वटा हल मध्ये एउटामा २ सय ८ सिट क्षमता रहेको छ भने अर्कोम�. . .


नेपाल टेलिकमको मोबाइल एप , टेलिकमको सबै बिल तिर्न सकिने

बिराटनगर जेठ ३० । नेपाल टेलिकमले आफ्नै  मोबाइल एप 'नेपाल टेलिकम' संचालनमा ल्याएको छ। टेलिकमले जीएसएम, सीडीएमए, पिएसटीएन र एडीएसएल लगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोवाइल एप संचालनमा ल्याएको  जनाएको छ। उक्त मोवाइल एपमा लग इन गर्नसाथ टेलिकमको प्याकेज खरिद गर्न सकिने र प्याकेज सम्बन्धी जानकारी ल�. . .


तोडियो परम्परा : मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थाले

गाईघाट, जेठ ३० गते । चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ । घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँ�. . .


काँग्रेस महाधिवेशन छिट्टै गर्न कोइरालाको माग

विराटनगर, जेठ ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभाप. . .


उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित

विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको अध्यक्षमा युवा उद्योगी भीम घिमिरे निर्विरोध निर्वाचित भएका छन् । उद्योगी घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको छ । गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा का अध्यक्ष पुष्पकमल दाहालले संगठनको ४६ औं साधारणसभा उद्घाटन गरेका थि�. . .


बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहनेलाई नमस्कार होटेल स्कुल

बिराटनगर जेठ ३० , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि बिराटनगरको पुरानो होटेल नमस्कारले होटेल स्कुल संचालनमा ल्याएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल संचालनमा ल्याएको हो। सिटिइभिटिको समन्धन तथा युनिस एजु. . .


सप्तरीमा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु

राजविराज, जेठ ३० । पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै . . .


कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन

काठमाडौं जेठ ३० । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।   थापाले झण�. . .


झापाको बाह्रदशी खुल्ला दिसामुक्त घोषणा

बनियानी,जेठ ३० गते । झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार एक कार्यक्रमकाबीच बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्नुभयो । कार्यक्रममा झा�. . .


कक्षा ११ को नयाँ पाठ्यक्रम बन्दै, यसै शैक्षिक सत्रबाट लागु हुने

काठमाडौं जेठ २९ । आगामी साउन दोस्रो हप्ताबाट कक्षा ११ को पठनपाठन सुरु हुने भए पनि त्यसका लागि नयाँ पाठ्यक्रम छपाइको कार्य भने अझै सुरु भएको छैन । सरकारले यस वर्षको शैक्षिक सत्रदेखि लागु हुनेगरी कक्षा ११ को पाठ्यक्रम परिमार्जन गरेको छ । अब कक्षा ११ का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पढ्नेछन् । पाठ्य. . .