काठमाडौं । प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ सांसदमा निर्वाचित भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए । राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प. . .
गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँबाट सुरु गरेको छ । दुईवटा निर्नाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा सुरु गरिएको छ । मतगणनाको क्रममा हुन सक्ने अवान्छित घटना हुन नदिन गोरखा सदरमुकाममा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक ल�. . .
स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको �. . .
बिराटनगर मङ्सिर २१ , सुनसरीको इटहरी मतदान केन्द्र र ज्योति माबी मतदान केन्द्रमा करिब २ हजार मतदाता लाइनमा नै भएको कारण राति ८ बजे सम्म समय थपिएको छ । ५ बजे सम्म लाइनमा बसेका सबैलाई मतदान गर्न मौका दिने सुनसरीका मतदान अधिकृतद्वारा जानकारी दिए ।. . .
बिराटनगर मङ्सिर २१ , पहिलो चरणमा निर्वाचन भएका पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर एकका ७ मध्ये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । खोटाङमा भने ७ बजेदेखि मात्रै मतगणना सुरु गरिने बताइएको छ । कुल ६९ हजार ४ सय ११ कुल मतदाता रहेको. . .
काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार उक्त जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाश�. . .
२१ मंसिर, काठमाडौं । स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ल�. . .
काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो । सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो . . .
विराटनगर, मंसिर २१ – मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । समग्र मोरंग जिल्लामा ७० प्रतिशत मतदान सम्पन्न भएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिनु भयो । बिराटनगरको महेन्द्र मोरंग मतदान केन्द्र , कन्चंबारी , जनपथ लगायतका मतदान स्थलमा अझै मतदाताको लामो लाइन रहेको छ । . . .
सर्लाहीको करौना गाउँपालिकामा दुई समूहबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । मतदान जारी रहेका बेला कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । अहिले मतदान जारी रहेको कायमुकायम प्रमुख जिल्ला अधिकारी. . .
राजविराज मङ्सिर २१ । अहिले चलिरहेको निर्वाचनमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्। राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।. . .
साँझ ५ बजेदेखि पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ । मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । सर्वदलिय बैठक सकेर पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्या�. . .