Admin_OB

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदा प्रहरीद्वारा हवाई फायर

सर्लाहीको करौना गाउँपालिकामा दुई समूहबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । मतदान जारी रहेका बेला कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । अहिले मतदान जारी रहेको कायमुकायम प्रमुख जिल्ला अधिकारी. . .


अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना पक्राउ

राजविराज मङ्सिर २१ । अहिले चलिरहेको निर्वाचनमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्। राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।. . .


पहिलो चरणमा सम्पन्न मतदानको मतगणना आज साँझ ५ बजेदेखि हुने

साँझ ५ बजेदेखि पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ । मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । सर्वदलिय बैठक सकेर पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्ने निर्वाचन आयोगले जानकारी दिएको  छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्या�. . .


विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्ता पेस्तोल र बमसहित पक्राउ

विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ । विप्लव माओवादीको युवा दस्ता इन्चार्जसमेत रहेका रवि गोलेसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई प्�. . .


उपेन्द्र यादवले विराटनगरको स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरे

सप्तरी, रासस । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् । सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेका हुन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबा�. . .


महेन्द्र मोरङ मतदान केन्द्रबाट किरियापुत्रीले मतदान गरे

बिराटनगर मङ्सिर २१ , बिराटनगरमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।. . .


सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस

२१ मंसिर, दार्चुला । सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ६ मिनेट जाँदा भू्कम्प गएको हो । दार्चुला, डडेलधुरा लगायतका जिल्लाहरूमा भू्कम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक�. . .


दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि मतदान सुरु

 प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । बिहान ७ बजे नै मतदानको समय सुरु भएको छ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह. . .


मौन अवधिमा कांग्रेसका उम्मेदवारले चुनावी भेला गराएको भन्दै उमेद्वारलाई नियन्त्रणमा

इलाम मङ्सिर २० , मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।बुधबार बिहान इलाम नगरपालिकाको सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगर�. . .


वाम गठबन्धनका कार्यकर्ताले नशामा होटेल तोडफोड

काभ्रेपलान्चोक । एमाले र माओवादीका संयुक्त उम्मेदवार काभ्रेपलान्चोक क्षेत्र २ अन्र्तगत प्रदेशसभा १ का चुनावी कमाण्डर तथा एमाले काभ्रेपलान्चोकका सचिवालय सदस्य कन्चन अधिकारीले रक्सीको मतमा ववण्डर गरेका छन् । काभ्रेपलान्चोक प्रदेशसभा १ का एमालेका उम्मेदवार लक्ष्मण लम्सालका चुनावी कमाण्डर अधिकार�. . .


तीन लाख रुपैयाँ नगद सहित एमालेका कार्यकर्ता पक्राउ

काठमाडौं । पर्सा क्षेत्र नम्बर( ३ बाट तीन लाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाम गठबन्ध. . .


श्रीलंकाबिरुद्ध टेष्ट सिरिज भारतले १–० ले जित्यो

एजेन्सी । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम टेष्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेष्ट सिरिज भारतले १–० ले जितेको छ । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेष्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेष्ट क्रिकेटमा भारतले श्रीलंकालाई एक इनिङ. . .