Admin_OB

तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार दिने निर्णय

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् । सो बैठकले प्रत्येक �. . .


काठमाडौंका माछा–मासु पसल अत्यधिक फोहोर

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गरिएको माछा तथा मासु पसलको अनुगमनका क्रममा बुढानिलकण्ठमा साढे १८ किलो कुखुराको मासु नष्ट गरिएको छ । बुढानिलकण्ठमा रहेको न्यू मिट सपमा अनुगमन गर्ने क्रममा टोलीले खान अयोग्य मासुु फेला पारेपछि नष्ट गरेको हो । उक्त पसलला�. . .


नेपाली युवाको कतारमा मृत्यु

महेश्वर नेपाल । कतार, असार २५ - खोटाङको ऐसेलुखर्क गाँउपालीका २, बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो । साँझ ५ बजे फेरि काममा जानेसम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उहाँका सहकर्मी कृष्ण उप्रेतील�. . .


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिनाको अन्तिममा गर्ने तयारी भएको छ ।  भारतमा यसै महिनामा नयाँ राष्ट्रपतिले पदभार सम्हाल्ने हुँदा त्यसैबेला प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गरिएको छ ।  जुलाईको अन्तिममा भनिएको भए पनि कहिले भन्ने मिति भने एकिन भएको छैन ।. . .


विमल घर्तीमगरको कप्तानीमा यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

विमल घर्तीमगरको कप्तानीमा नेपालको यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलअघि २३ सदस्यीय टोली छनोट गरेका हुन्। एएफसी यु–२३ छनोट खेलको तयारी गरिरहेको नेपाल र बंगलादेशले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोम�. . .


सामूहिक बलात्कार गर्ने चार जना बलात्कारी कारागार चलान

महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अ. . .


मिस कोशीका प्रतिस्पर्धीसंग महानायक राजेश हमाल

बिराटनगर असार २६ . करिस्मायाटिक एड्भान्टेजको आयोजनामा पूर्वमा हुन लागेको करिस्मायाटिक मिस कोशीको प्रतिस्पर्धीलाई तालिम संचालन भइरहेको छ । यसै क्रममा महानायक राजेश हमालसंग प्रतिस्पर्धीहरुले अन्तरक्रिया गरेका छन् । महानायक हमालले उनीहरुलाई आफ्नो कला क्षेत्रको जीवनी साथै उत्प्रेरित गर्ने सेसन ल�. . .


टिपरले ठक्कर दिएको एक युवकको उपचारका क्रममा मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु व�. . .


ससुराली आएका ज्वाँईमाथी खुकुरी प्रहार

सप्तरी, असार २६ गते। सप्तरीको कन्चनरुप नगरपालिका ३ स्थित बरमझिया सदा टोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्।  ससुराली घर आएका तेतौरा ९ बिरेन्द्र बजार बस्ने ३४ बर्षिय रंजित खङलाई सामान्य घरायसी बादबिवाद हुँदा २८ बर्षिय जेठान देबु ऋषीदेवले टाउकोमा खुकुरी प्रहार गरेका थिए।  खुकुरी �. . .


पौडी खेल्ने क्रममा डुबेर युवक बेपत्ता

पाँचथर, असार २५ गते। पाँचथरको हिलिहाङ गाउँपालिका १ मा शनिबार दिउँसो काबेली खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्। बाख्रा चराउन जाने क्रममा स्थानीय काबेली खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका बस्ने पुर्ण बहादुर राईको १५ बर्षिय छोरा आशिष राई बेपत्ता भएका हुन्। घट्नाको जानकार�. . .


मेची खोलाको पानी बस्तीमा पस्दा ६० घर डुबान

झापा, असार २५ गते। झापाको भद्रपुर नगरपालिका ५ स्थित गएराती परेको अबिरल बर्षाले झापाको शान्ति टोलमा पस्दा अन्दाजी ६० घर डुबानमा परेको छ। अबिर बर्षाका कारण मेची खोलामा आएको बाढी बस्तीमा पस्दा अन्दाजी ६० घर डुबानमा परेको हो। डुबानमा परेका मानिसहरुलाई उद्धार गरी भद्रपुर माध्यामिक बिद्यालयमा सार्ने का�. . .


पिकअप भ्यान दुर्घटनाका चालकसहित ५ घाइतेकाे विराटनगरमा उपचार हुँदै

सिरहा। असार २५ गते। सिरहाको धनगढी नगरपालिका ८ स्थित लोकमार्गमा पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन्। पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ च ८५०६ नम्बरको पिकअप भ्यान आँफै अनियन्त्रित भई रुखमा ठक्कर खाई दुर्घटना भएको थियो। दुर्घटनामा परी चालक उदयपुर कटारी नगरपालिका ६ ब�. . .