एन्जु शिवाकोटी विराटनगर । प्रदेश १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिकाका सडक बर्षा सुरु हुन नपाउदै हिलाम्य हुन थालेका छन् । सडकका विच विचमा खाल्डा खुल्डी त छदै थियो त्यसमाथि बर्षा सुरु भएसंगै पानी जम्न थालेको छ । विराटनगरका प्रायजसो भित्री सडकहरु बर्षाको पानी खाल्डा खुल्डीमा जमेसंगै ह�. . .
नोभेल कोरोना भाइरसका ६७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै दैनिक उच्च वृद्धि हो । बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । देशभरका ७४ ज. . .
इलाम, असार ४ गते । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्�. . .
विराटनगर, ४ असार । प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । सुन्दरहरैचाबाट �. . .
विराटनगर । विराटनगरमा आज एक महिलामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । महानगरपालीका वडा नम्बर १३ मा बिहीबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर १३ की ३६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । एक साताअघि भारतको सिलगुढीबाट आएकी उनी आफ्नै घरमा ‘�. . .
मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली भइरहेको र प्रदेश १ का केहि स्थानहरूमा बर्�. . .
डा बिडी चौरसिया गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ। यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस�. . .
सीता शर्मा काठमाडौँ, असार ४ गते । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा साँच्चै अप्ठ्यारोमा परेका नागरिकलाई अहिले पनि सरकारले आफ्नै खर्चमा उद्धार गर्दै आएको बता�. . .
ताप्लेजुङ : फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी चौ�. . .
एजेन्सी । चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ । बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ । सम्भावित भीडन्तलाई मध्यनजर गर्र्दै ती क्षेत्रमा सैनिकहरुको संख्य�. . .
विराटनगर। आफ्नै बावुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका २१ वर्षिय मुन्ना भनिने रोहित र १९ वर्षिय नागेन्द्र चौहान जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतका न्यायधीश किशोर घिमिरेको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो । जेठ�. . .
प्रेम देवान टाडी । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालीकामा यतिबेला विकासले गति लिदै छ । सडकदेखी विजुली र खानेपानीको लागी समेत काम यतिबेला तिव्र गतिमा अगाडी बढीरहेको छ । अहिले मिक्लाजुङ गाँउपालिका भित्र पर्ने किसानचौक – टाँडी – रमिते आईतबारे सडक खण्डको विस्तार धमाधम भईरहेको छ । भौतिक पुर्वाधार विकास �. . .