विराटनगर, ७ वैशाख विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ �. . .
विराटनगर, ७ वैशाख ्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत�. . .
काठमाडौं,७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै राजपाका उपाध्यक्षसहितका नेताहरुले राजपा फुटेको घोषणा गरेका हुन् । राजपा नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (लोक�. . .
विराटनगर, ७ वैशाख । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको निर्वाचनको लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा २१ पदको लागिः३२ जनाको उम्मेदवारी दर्ता भएको हो । कोषाध्यक्षसहित ६ जना निर्विरोध भएका छन् । तर उम्मेद�. . .
काठमाडौँ, ७ बैशाख । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको . . .
बिराटनगर, ७ बैशाख । झापा र मोरङमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। कोशी राममार्ग अन्तरगत विराटनगरको दुधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको ज्यान गएको छ। कार्कीलाई विराटनगर ४ स्थित दुध फारम अगाडी भ्यानले ठक्कर दिएक�. . .
काठमाडौँ , ७ वैशाख । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन ए. . .
विराटनगर, ६ वैशाख । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारिता र पुस्तक लेखन मार्फत वन्यजन्तु संरक्षणमा योगदान पुर्याए वापत वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षण विभागले पुरस्कृत गर्न लागेको हो । नगद ५१ हजार . . .
विराटनगर, ६ वैशाख । पटक पटक १ नम्बर प्रदेश संसदमा बहसको बिषय बनेको भएपनि सरकारमा आउन नसकेको प्रदेशको स्थायी राजधानी र प्रदशको नामको बिषयमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश नं १ को नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सरकारमा पहिलो पल्ट औपचारिक छलफल शु्रु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिना�. . .
विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .
विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .
विराटनगर, ६ बैशाख । एपीवान एचडी टेलिभिजनको नयाँ डान्स रियालिटी शो ‘वुगी वुगी’ कार्यक्रममा विराटनगरका एक मात्र प्रतिस्पर्धी उत्कृष्ठ १६ मा पर्न सफल भएका छन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ १६ मा पर्न सफल भभएका हुन । उनले . . .