Nawaraj_OB

प्रदेश १ मा बुधबार १३३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिका�. . .


सुनसरीमा ६२ जनामा कोरोना संक्रमण पुष्टि

इटहरी । पछिल्लो २४ घण्टामा सुनसरीमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना, गढी गाउँपालिकामा ५ जना, कोशी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको हो । इटहरीमा ८ महिनाको बालकमा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिइए. . .


सात वाणिज्य बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कुन बैंकको कति ?

विराटनगर । देशका सात वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टार्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर बुधबार सार्वजनिक गरेका हुन् । सरकारी स्वामि. . .


महामन्त्री कोइराला ॐ अस्पतालमा भर्ना

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो । ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिस�. . .


सप्तरीका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।   गत भदौ २८ गते कोरोना पोजेटिभ देखिएका उनलाई स्वास्थ्यमा समस्या बढेपछि भदौ ३० गते प्रतिष्ठानमा भर्ना गरिए�. . .


 लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित दुईजनालाई पक्राउ गरेको हो । पक्रा�. . .


वीपीका तत्कालिन उपकुलपति दास विरुद्ध अकुत सम्पति आर्जनमा मुद्दा

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश. . .


भायानेटको इन्टरनेट अब इनरुवामा

विराटनगर । ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभर विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै सुनसरीको इनरुवामा विस्तार गर्ने भएको छ । इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दु�. . .


सुनौलो अवसर क्लवद्धारा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

विराटनगर । विराटनगर १५ मा रहेको सुनौलो अवसर क्लबद्धारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बालदिवसको अवसर पारेर क्लबले स्थानीय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष ईमरान अंसारी सहितको टोलीले स्कुल जानबाट बञ्चित तथा हाल लकडाउनका कारण घर मै बसेका स्कुलले बाल�. . .


प्रदेश मन्त्रीपरिषद् बैठक : सुशासन नियमावली र अत्यावश्यक सेवा कार्यविधि पारित

विराटनगर । प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सुशासन सम्वन्धी नियमावली र अत्यावश्यक सेवा सम्वन्धी कार्यविधि पारित गरेको छ । एक वर्ष अघि प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन पारित भएपनि नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा आउन सकेको थिएन । नियमावली पारित भएसँगै ऐन कार्यान्वयन ह�. . .


विराटनगरमा ७० जनासहित प्रदेश १ मा १३८ संक्रमित थपिए, ६४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ३८ संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन. . .


कोरोना संक्रमणबाट धरानका ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी धरान–१७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, खोकी र ज्वरोले ग्रसित बनाएपछि वीपीमा तीन दिन अगाडी भदौ २७ गते भर्ना गरिएका पुरुषको मंगलबार २ः२० बजे मृत्युभएको हो । उच्च रक्तचाप तथा १२ वर्ष अगाड. . .