विशेष

विराटनगरमा मौन अवधिको छैन पालना, कहलिएका नै उल्लंघन गर्छन्

विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्‍यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .


मुस्लिम आयोगका अध्यक्ष समिय मियाँले पैसा बाँडेको आरोप

विराटनगर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि ब�. . .


कानेपोखरीमा काँग्रेस–एमाले झडप,युवा संघ अध्यक्ष पौडेलको टाउकोमा चोट

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति मतदातालाई प्रभावित गर्न पुगेका नेपाली काङ्ग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको हो । झडपमा परेर एमाले भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । �. . .


विराटनगरमा स्वतन्त्र उम्मेदवार विरुद्ध भ्रामक हल्ला चलाएको भन्दै खण्डन

विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादव विरुद्ध भ्रामक हल्ला चलाइएको भन्दै उनको सचिवालयले खण्डन पठाएको छ । निर्वाचन नजिकदै जाँदा विपक्षीले मेयर पदका उम्मेदवार यादवले उम्मेद्वारी हापेको भ्रामक प्रचार गरेको भन्दै सचिवालयले खण्डन गरेको हो । निर्वाचनलाई असर पार्ने �. . .


मिक्लाजुङ–१ बर्खेमा बम राखिएको हल्ला, सेना र प्रहरीको टोलि घटनास्थलतर्फ

विराटनगर । मोरङको मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु देखिएको छ । सडकमा कुकर फेला परेको हो। खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर देखिएको भन्नु सूचना पाएपछि अहिले प्रहरी र नेपाली सेनाको टोलि खटेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपर�. . .


निर्वाचन विशेष सुरक्षा ‘हाईअलर्ट’

विराटनगर । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ मा सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ राखिएको छ । निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरिएको हो । निर्वाचन लक्षित सुरक्षा स्थिति बारे प्रदेशका प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्ल�. . .


मतदाता नामावलीमा नाम भए जग्गाधनी प्रमाणपूर्जा देखाएर पनि मतदान गर्न पाइने

विराटनगर। निर्वाचन आयोगले मतदाताको परिचय खुल्ने कुनैपनि कागजातलाई मतदान गर्नका लागि स्वीकृति दिएको छ । अब मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधनी पूर्जाको सक्कलप्रति बोकेर जाँदा मतदान गर्ने अधिकार पाउने भएका छन् । आयोगका उपस�. . .


दुर्घटनामा परी मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । सवारी दुर्घटनामा परि मस्तिष्क बाहिर निस्कीएको एक बालकको विराटनगर– ३ कञ्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ । ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । गत वैशाख ८ भारतको दिपनगरमा सवारी दुर्घटनामा परी कृष्ण कुमारको टाउको म�. . .


ब्रेकिङ : टिपर र सिटी जुध्दा महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि दुर्घटना

विराटनगर । विराटनगर महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि सिटी सफारी र टिपर जुध्दा २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको ना ३ ख ३६९७ नम्बरको टिपरले को १ ह ६१६५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सफारी सवार २ जना यात्रु घाईते भएका हुन् । उनीहरुको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको स्�. . .


विराटनगर उपमेयर पदकी उम्मेदवार कार्की विरुद्धको रिटको सुनुवाई आज हुने

विराटनगर । विराटनगर महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्की विरुद्ध परेको रिट उपरको सुनुवाई आज (बुधबार) हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट उपरको सुनुवाई हुने भएको हो । नेकपा. . .


सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको �. . .


श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित काठमाडौंबाट धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २ सय २३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । उक्त विमानलाई आकस्मिक अवतरण . . .