विशेष

देशभर मतदान कार्य जारी, १२ बजेसम्म ३५ प्रतिशत मतदान

विराटनगर । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान कार्य जारी छ । देशभरी मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म औसत ३५ प्रतिशत मत खसेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । ७ सय ५३ वटै स्थानीय तहका लागि १० ह�. . .


विराटनगरमा २० प्रतिशत, मोरङको यकिन विवरण नै छैन

विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सु�. . .


१०२ वर्षीय बखतबहादुर कार्कीले गरे मतदान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने �. . .


पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट. . .


लेटाङमा २ घण्टापछि सुरु, अन्य मतदान केन्द्रमा शान्तिपूर्ण

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको छ । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदानमा सुरु हुन केहिबेर लागेको हो । मोरङका प्रहरी �. . .


नेता कोइरालाद्वारा आदर्श माविको केन्द्रमा मतदान

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श विद्यालयको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । नेता कोइरालाले केहिबेर अगाडी मतदान गर्नु भएको हो । विराटनगरमा गठबन्धनकातर्फबाट नागेश कोइराला मेयरमा, जसपाका अमरेन्द्र यादव उपमेयरका उमेदवार हुनुहुन्छ । यसैगरी नेकपा एमालेबाट सागर थापा मेयर, . . .


विराटनगरमा मेयरका उमेदवारले गरे मतदान

विराटनगर । विराटनगरमा मेयरका प्रतिस्प्रर्धीले मतदान गरेका छन् । नेपाली काँग्रेससहित गठबन्धनका उमेदवार नागेश कोइरालाले सरस्वती माविबाट मतदान गर्नु भएको हो । यसैगरी नेकपा एमालेका सागर थापाले कन्चरबारी मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । यसैगरी उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मा.वि.बा. . .


विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्दै

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगरका मेयर–उपमेयरसहित पार्टीका केन्द्रीय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेकपा एमाले र काँग्रेसका नेताहरुले मतदान गर्न सुरु गरिसकेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट. . .


निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैमा हार्दिक आह्वान गरेकी छन् । शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्स�. . .


विराटनगरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भीड (फोटो फिचर)

विराटनगर । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि विराटनगरका मतदान केन्द्रमा बिहानैदेखि भीड देखिएको छ । आफ्नो अधिकार प्रयोग गर्न मतदाता बिहानै मतदान गर्ने लाइनमा बसेका हुन् । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि ६ बजे नै मतदाताले आफ्नो लाइन तय गरिसकेका थिए । विराटनगरमा १४० मतदान केन्द्रबाट १ ला�. . .


आफ्नै अधिकार मताधिकार

लोकतन्त्रको प्राण भनेकै नागरिकले आफ्नो मत व्यक्त गर्न पाउने अधिकारको सुनिश्चित हुनु बुझिन्छ । लोकतन्त्रले नागरिकले मतदान गरेर जनप्रतिनिधि चुन्न पाउने अधिकारलाई सार्वभौम अधिकारको रुपमा ग्रहण गर्दछ । नागरिकले मतदान गर्न पाउने अधिकार आफ्नै अधिकार भनेर बुझ्नु पर्दछ । यस्तो लोकतन्त्रको महायज्ञ अन्त�. . .


विराटनगर-५ मा चुनावको पुर्वसन्ध्यामा काँग्रेसले मतदातालाई पैसा बाँडेको आरोप

विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ । विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब सा. . .