साहित्य संसार

घाम झुल्के पछि

प्रहरी

प्रहरी जवान:मनिष यादव म प्रहरी! हातमा लट्ठी शरीरमा तोकिएको सफा पहिरन शिरमा क्याप र पाउमा बुठ लगाएर कर्तव्यको छाती ढल्काउँदै वडो सानले ड्युटीमा उभिन्छु मेरा लागि पर छन् -भोक प्यासका सवाल -थकान/आलस्यका सवाल मैले सोच्नसम्म पर्दैन आराम के हो? सत्यसेवा सुरक्षणम्को मनको शिरमा भिरेर समाजका हर क्षेत्र. . .


फिक्सन जस्तो मेरो प्रेम

-देवराज तामाङ यो वर्षातको बिहानीमा आँसुहरुले झरिरहेको पानीसँगै म लेख्न सक्छु विछोडको एउटा सुखद कविता तर म आँसु कवि हैन मेरो प्रेम राधाकृष्णको झैँ त्याग र समर्पणमा थिएन रोमियो र जुलिएटको जस्तो लभ एट फर्स्ट साइट थिएन टाइटनिकमा अस्ताएको ज्याक र रोजको जस्तो हैन मेरो प्रेम सरल सिधा र स्पष्ट थियो सृष्टिको . . .


जीवन

-अच्युत आचार्य सम्हाल्छौ कसरी छोटो यो जीवन अडिनै नमान्ने चञ्चल छ यो मन ।। रूप रङ मिलेको छ यो शरीर सुन्दर पवित्र अति नै छ कञ्चन ।। जति खोज्छौ राख्न मनलाई बाँधी जति बाँध्न खोज्छौ उति भाग्छ झन् झन् ।। सकेनौं बुझ्न भने यो जीवनलाई घुमाउँछ यसले तिमीलाई फन् फन् ।। सोच बेलैमा गम्भीर भएर बनाउने कसरी सार्थक यो जी�. . .


तिमी र म

-लक्ष्मण निरौला सायद तिमी समुन्द्रमा मिसिएको नदि र हिमनदी हौ जो छुट्याउन एकदमै कठिन र असजिलो छ !! सायद तिमी पृथ्वीको एक बिन्दुबाट अर्को बिन्दुसम्मको धेरै लामो बाटो हिड्यौ र त कयौ रात बितेपछि मात्र हावाहुरी झैँ अकस्मात आइपुग्यौ !! तिम्रो आगमन पश्चात मंसिर पुषको जाडोमा सुनौलो घामका किरणहरु झैँ . . .


कैदी

-सविना श्रेष्ठ तिमी जस्तो स्वतन्त्र छैन म र जहीँतहीँ आउन पनि सक्दिन नबोलाऊ मलाई तिमी भएको ठाउँ म आउन सक्दिन अंह तिमीलाई भेटेर अंकमाल पनि गर्न सक्दिन म कहिलै निस्कन नसक्ने ठूलो जेलभित्र छु कैदी बनेर बिताईरहेछु प्रिय हरेक साँझ बिहान तिमी त स्वतन्त्रभएर पन्छीझैँ आकाशमा उडिरहेका छौँ। उड , आफ्नो खु�. . .


मेरा बा

-बसुन्धरा चौहान मेरा बा गरीब झुत्रे झाम्रे कपडाका तर तर मनका असाध्यै धनी हुनुहुन्थ्यो सबैले झुत्रे बा भन्थे फोहोरी डङ्डङ्ग पसिना गनायो भन्थे मलाई अख्तरको सुगन्ध भन्दा बाको पसिनाको गन्ध मन पर्थियो फोहोरी थिएनन मेरा बा कसैसग बेइमान गरेका थिएनन ईमानमा चुक्दैन थे मेरा बा। चाडबाड आयोकि मेरा बाको . . .


गजल

-किस्मत खतिवडा हर समय सम्झन्छु हरबार सम्झन्छु धितो राखेको घर जमिन्दार सम्झन्छु जागिर खान पढाइ, पावर नभएपछि खाडी मुलुक साउदी कतार सम्झन्छु आखै वरिपरि छन् अझै ति तस्बिरहरु कहालीलाग्दो दिनको चित्कार सम्झन्छु कसलाई रहर होला र मलाई झैँ पर्देशिन विरक्तिन्छु देशको हालत,भ्रष्टचार सम्झन्छु सबै बिर्स�. . .


हराएको मुस्कान

-अस्मिता साह औलिएको फुलमा सुवास सुबास कहाँ हुन्छ र? औँसीको रात्रीमा चन्द्रमा कहाँ हेरिन्छ र? तिमी भन्छौ तिम्रो ओठमा पहिला जस्तो मुस्कान छैन वास्तवमा तिमी नै भन के बिना बत्तिको दियोले उज्यालो छर्छ त? अहिले म आफूमा नै हराएको छु आफू भित्र आफूलाई नै खोजीरा छु म आफूलाई किताबको त्यो शब्द ठानिरा छु जसलाई पढ्. . .


हतास र उदास मेरा गन्तव्य

-किरण न्यौपाने एकाबिहानै झिसमिसे मै झस्किएको म अनेकन मेरा सपनाहरुले अनि मेरा कल्पनाको सागरमा पौडिन्छु त्यो भित्ताको घडीको सुइको चालसगै समय बढ्दै छ, बिहानिको सुर्यको किरणले मेरा नयनलाई जब ढाक्न थल्दछन म भने अर्को पट्टि कोल्टिएर सुत्छु ! बिहानिको आनन्दमय निन्द्रा निन्द्रा भित्रको मिठा सपना अनि . . .


म एक यात्री

-द्वारिका नेउपाने एक सुनसान बाटो अनि एक्लो यात्री एक सुनसान यात्रा के बिदि जात्रा कोहि धारे हात तेर्साउछन कोहि बाङो आखा बिच्छ्याउछन एक गन्तब्य नापी अभिछिन्न अनवरत बाटो नाप्दैछ गन्तब्य पुग्ने चेतनामा बर्लङग ढाल्न पुग्छ एक मुक्कामा म यात्रा छिचोल्ने एक यात्री घिसारिदै कुना पुग्छु रगताम्य मान�. . .


प्रार्थना

-राज आयुष जितेर पुरस्कृत हुनु भन्दा बढी मैले आफुलाई हार पछि समालेको छु, यहाँ पहलहरुको मुल्यांकन भएको कमै देखिन्छ, आजकाल मिहिनेत मात्र परिणामको लागि गरिन्छ जुन स्वभाविक पनि हो, बस् ,फरक यति हो कि... तिमी 'म' जस्तो छौ? आफ्नो जितको सपना देख्ने! या तिमी 'म' जस्तो छौ? अरुलाई हराउने सपना देख्ने, अरु माथिको आफ्नो ज�. . .


पिंजडा भित्रको म

-किरण न्यौपाने हो म बन्धनमा बाधिएको छु त्यो कारागार भित्रको कैदी जस्तै..! मलाई पनि त रहर छ नि खुल्ला आकाश मुनि यी मेरा पंख फिजाइ रमाउने गल्ती के थियो कि मेरा आखा खुल्न न पाउदै अपराधीलाई सजाए दिए झै थुनिए म!! हो म बन्धनमा बाधिएको छु त्यो कारागार भित्र को कैदी जस्तै..! मलाई स्वतन्त्रताका साथ मेरा उडान भ�. . .