कुन हिसाब लगाऊ म यो जिन्दगीको २ र २ जोडेर ४ हुन्न यहाँ | के अर्थ खोजौ म यो बाटोको कसैको दुखले, कसैको मन छुन्न यहाँ || केवल दौड भा छ जिन्दगि मात्र हिडेर पुगिदैन यहाँ | कुद्नु पर्छ रे, नकुदी समय को साथ पाइदैन जहाँ || केवल उठ्ने प्रयास गर्दैछु, छेउमा अरु दौडिरहेका छन् | गन्तब्य के भनि सोध्दा, कुम्ल्याउने उ. . .
फूल सुन्दर हुन फूल्दैन फूल्नकै लागि फूल्छ । आकाश पृथ्वीलाई खुशी पार्न खुल्दैन खुल्न कै लागि खुल्छ । प्रकृति हो, आफ्नो आफ्नो प्रबृत्ति हो । हुन त, तिमीलाई फूल भन्दा कोपिला राम्रो लाग्दो हो आकाश खुल्ला भन्दा अन्धकार राम्रो लाग्दो हो मेरो बोली भन्दा तिमीलाई मौनता राम्रो लाग्दो हो प्रवेशद्वार भन्दा �. . .
कसैलाई कहाली लाग्दो , छ यो मृत्यु ! कसैलाई उत्सव लाग्दो हो यो मृत्यु ! सोध्छौ मलाई भने म भनिदिन्छु मेरालागी त कौतुहल छ यो मृत्यु भागदौड बाट सुस्ताएको कोलाहल बाट मुक्ती पाएको ईष्र्या र द्वेषमा रुमल्लिनु नपर्ने हावै हावामा फैलिएर बिलाईजाने यो मृत्यु किन डराएर भाग्छन मान्छे यति सहज ,सरल र निशुल्क छ यो म. . .
सम्झेर ल्याउदा ति दिनहरु सहिदले भोगेका कल्पना मात्रै हैन है साथीहरु आँखाले देखेका भनेनन् कहिलै दिन र रात हरपल हरदिन देशको लागि जीवन दिए थाकेनन एकछिन स्वार्थको झोला बोकेनन कहिलै सम्पति कमाउन डटेर लडे शत्रुको सामु देश यो बनाउन सम्झेनन तिनले लाला र बाला घर र परिवार शत्रुको सामु टेकेनन घुडा , झुकेन त्य. . .
ऊ गयो रे ! टाढा, धेरै टाढा ऊ गएको ठाउँ दूरबिनले देखिन्न रे ! भन्छन् ऊ अलबिदा भयो रे ! हिम्मत नहार्ने गीत गाउँथ्यो रे ! हिम्मत नहार्ने गीत कोर्थ्यो रे ! आज आफैँ हिम्मत हार्दा ऊ अलबिदा भयो रे ! मनको ढुकढुकी थियो ऊ सबैको फ्याँकिने प्रत्येक सास थियो ऊ सबैको आज सबैको धडकन् बन्द भयो रे ! कारण ऊ अलबिदा भयो रे ! �. . .
यो घना दुनियाँको जङ्गलमा आज एउटा रूख लड्न आँटेको छ उसकी चरीको बियोगमा । आज अर्को उजाड रुख सिँगार्न खोज्छे त्यो चरी । म सम्झाउँ त के सम्झाउँ उसलाई त हरियाली नै मन पर्न छोड्यो रे आफ्नो रङ्गिविरङ्गी पँखेटा ओझेल परिदियो रे । उसको रङ्ग खुल्न दिने एउटा हरियाली बिनाको, हाँगा नफैलेको, एक्लै उभिएको उजाड �. . .
तर हामी त जनताकै लागि हौं सत्य सत्य धरोधर्म यो बन्द हाम्रै लागि हो कृपया बुझिदिनुस् मर्म ओई केटो उता हेर् त बन्दको अवज्ञा गर्ने को त्यो साला फुटाईदे बाईक जलाईदे गाडी अनि पो अरुको नि सात्तो जाला देशको लागि लड्दैछौं नेताको भुँडी भर्दैछौं कति दिन हामी अन्धो भई बस्ने ? दाजुभाई लडेरै मर्दैछौं!! देश र जनत. . .
विरामी छोरालाई हस्पिटलको वेडमा एक्लै छोडेर उनी मन्दिर गए प्राथना गरे भगवान् सँग, 'प्रभु, मेरो छोरा लाई वचाउनुहोस्' एकैछिनमा एक मानिस आफ्नो काम छोडेर भएपनि अस्पताल आए र एक पिन्ट रगत दिएर गए । नियमित रक्तदान गर्ने सवै रक्तदाता हरूमा समर्पित ।. . .
प्रिया एउटा काम गरौ मन्दिर सामु उभिएर अाऊ न हरे राम गरौ मन्दिर सामु उभिएर । तिम्रो जीवन अमुल्य छ मेरो पनि अमुल्य हो अाऊ एउटै दाम गरौ मन्दिर सामु उभिएर। जात जम्मा दुईटा हुन्छ एक तिमी अर्को म हूँ यो सत्यलाई प्रणाम गरौ मन्दिर सामु उभिएर। दुख कष्ट महामारी अाउन सक्छ जीवनमा सबै नाका जाम गरौ मन्दिर सामु. . .
जन्म दिन मनाएकाे केककाे वासना उडेकै थिएन।काेठाभरि छताछुल्ल एउटा उन्माद पाेखिएकाे थियाे।वेलुनहरु फिर फिर फिर फिर हावामा नाच्दै थिए ।बेलुकाकाे नाै वजे पछाडि साथीहरु विदा गरेर दिनभरिकाे थकानले विद्धु उसकाे पलङ्मा पल्टिरहेकाे थियाे । काेठाकाे एउटा झ्याल खुल्ला थियाे तर बाँकी झ्याल ढाेका बन्द थिए�. . .
दशैँमा तास खेलेर बसेको बेला उसको फोन आयो। मैले अफ्ठेरो मान्दै उठाएर सानो स्वरमा भनेँ "एकछिन पछि गर्छु है? अहिले तास खेल्दैछु म।" उसले जिद्दी गर्दै भनि "नाइ के अहिले बोल्ने।" मैले थोरै कडा स्वरमा भनें "झन् भन्दैछु त, तास खेल्दैछु भनेर।कस्तो नबुझेको।" उसले केही नबोली फोन काटिदिइ। म पनि वास्तै नगरी तास खे. . .
ईशू म नजिक आएर एकाएक मदेखि टाढा भई टुक्रिएर चोइटिएर उदास हुँदै रिसाएर रुँदै तोडी मेरो आत्मीय मन र मित्रता ईशू मलाई प्रत्येक बिहान नुहाइदिन्थी फूलको सुवासले सिकाउँथी प्रेमिल पाठ मभित्र भर्थी संघर्ष गर्ने क्षमता भर्थी, बाँच्नुको मोह सिकाउँथी आदर्श र नैतिकता ईशू स्वर्गको परी जस्तै थिई उसलाई पाए. . .