माटो कै मुर्ती कसैको नाम शिव पार्वती अनि काली हुन्छ मागेको पुगे सबैको भगवान नत्र दिने उल्टै गाली हुन्छ पैसा चढाउन जाने हरुको भिड लाग्छ जहिले मन्दिरमा बाहिर हेर माग्न बसेका मगन्तेका कचौरा खाली हुन्छ मानबता हराइ सकेको उसको हिजो आज समाजमा फेरी किन त्यहि मान्छे नै मानब अधिकारको माली हुन्छ जसको मुटु �. . .
पिउने बाहनामा , होटलमा छ जिन्दगी ।।। जिउने बाहनामा , बोतलमा छ जिन्दगी ।।। ************************* थोत्रा आसाहरु बोकी , उकालो चढेको ।।। सप्नै सपनाहरुको , महलमा छ जिन्दगी ।।। ************************* किन रुन्छ कसै कसैलाइ , सम्झीएर मन ।।। कि दुनिया भुलाउने , गोगलमा छ जिन्दगी ।।। ************************ दुख सुख बाड्नलाइ , कि बिधुवा कागजमा ।।। रदिफ काफि�. . .
साँचै मरेका मान्छे कहाँ जान्छन होला? बाटोमा साथमा के चिज लान्छन होला ? धर्तिमा त यता उता गरि पेट पाल्थे, यमलोकमा चाहिँ के के खान्छन होला ? इष्टमित्र साथिभाई यहि छोडि जादा, कसलाई आफन्त भनि ठान्छन होला ? कोहि हिन्दु कोहि मुस्लीम यहाँको धर्म, धर्ति जस्तै त्यहाँ के धर्म मान्छन होला?. . .
संकेत आएको थियो कालो बादल मडारिएको थियो चराचुरुङ्गीहरू कराउदै उडेको थियो जमीन तातिरहेको थियो दशा लागेको थियो शनि(वार)को प्रभाव परेको थियो शुरुमा बिस्तारै जमीन हल्लाएको थियो दिनको ११:५६ मा ७.८ को भुकम्प आएको थियो संकेत न बुझनु हाम्रो कमजोरी थियो राम्रो शिक्षा दिन नसक्नु सम्बन्धित निकायको गल्ती थि�. . .
विहान उठ्न ढिलो भयो । सुर्य उठिसकेको रहेछ । म भने ओछ्यानमा सिरक ओढेर पल्टिरहेँ । "कतिवेर सुत्छस् उठ् ।" उ स्वयम्भु पुगेर आईसकेको थियो । "मजाले सुत्न पनि दिँदैन। " म झर्किँए । "तुरुन्त उठेर लुगा पट्याईनस भने खान पाँउदैनस् ।" उ सँधैभरि वोल्ने त्यहि डायलग दोहोर्याँउछ । उ मर्निङ वाक गरेर भर्खरै आएको हो । कफ. . .
पुच्छरहरूका नित्य कर्मले रङ्गिएको छ फेसबुके दुनियाँ , युवतीहरूको बैँस र नक्कलले भरिएको छ फेसबुके दुनियाँ । यहाँ बिषय र प्रसङ्ग चाहिँदैन लाइक र कमेन्ट् गर्न, केटी पाए संसार भुल्ने युवा लुट्न लम्किएको छ फेसबुके दुनियाँ । अाफ्ना अङ्गहरू मर्काइ फर्काइ फोटा हालिन्छ लाइकका लागी, केटी फुर्कयाइ भ्रममा रमाउ. . .
जातिय राज्य माग्नेले ,नेपाल छोड्नु पर्छ। नेपाली हौ भने त ,इतिहास जोड्नु पर्छ ।। के प्रदर्शन गर्छौ शक्ति ,ढुङ्गा भाला मुडाको? सकिन्थ्यो भने त ,पखान फोड्नु पर्छ ।। कुन देशका हौ तिमी,के हो तिम्रो जात् धर्म ? नेपाली भए त, नेपाल लाई गोड्नु पर्छ ।। जे छ हाम्रो पहिचान ,यै फुलबारीमा छ । सबै जात धर्म मिली ,नेपा. . .
बस्न थालेपछि मन पर्छन् ठाँउहरू म गर्मी छु शितल खोजेर बसे म चिसो छु न्यानो जोडेर बसे म सँगै बस्नेहरू म जस्तो छु त्यहि अनुकुल भएर बसे एक्लै भएको भए म शहर हुने थिईन कतिले ईतिहास भएर पनि कमजोर बर्तमान भने संभाव्यता भएर पनि अड्किएको विकाश भने तर जे जे भने मेरै काखमा बसेर माँया गर्दै भने मेरो स्वास्थ्. . .
टिमिक्क शरिरमा मिलेका कुर्था सुरुवाल, ओठमा हल्का पोतिएको लिपस्टिक, कालो स्ट्रेट गरेर छोडेको कपाल अनि आँखामा मिलाएर लगाएको गाजल। उनलाइ देख्दा लाग्थ्यो, उनी नै सृष्टिको सबै भन्दा सुन्दर सिर्जना हुन्। उनी मेरो नजिक आउने बित्तिकै म उनलाइ हेरेर मुस्कुराउंदै सधैं एउटै गित गुनगुनाउने गर्थें "गाजलु ती ठ�. . .
जब शहर मा मंगल् धुन सुरु हुन्छ , जुवाडेकी जहान झोक्राउन थाल्छे, सारा शहर उत्सव मा झुम्छ, उ बिचरी वेदना गाउछे जब घर घर मा फुलपाती भित्रिन्छ्न तब जुवाडे बेपत्ता हुन्छ रोक्छे,अनि जब रुन्छे बिचरि जुवाडे बिछुक, भो भनी कुर्लन्छ जब दुनिया मालश्री ,गुनगुनाउछ जुवाडे जुवा फुक्यो ,भनी दङिन्छ घर घर मा जब, जमर�. . .
- पुरुसोत्तम भण्डारी हुन त म सानैदेखि गीत गाउन जान्दथें ! प्राईमरी स्कूल मैं पढ्दाखेरी म गीत गाएर पुरष्कार जित्न सफल भएको थिएँ ! गाऊँ -घर ओरि-परि सबैले हौसला नै दिन्थे ! पहाड मा हुँदा नेपाली गीत मात्रै गाऊँथे भने , तराई झरेपछि एउटा मान्छे ले हिन्दिगीत गाएको खुबै मनपर्यो ! त्यो मान्छेले रेडियो र क्यासेट दुबै�. . .
शालिनी विश्वासको छाताले छेक्नु तिमीले अविरल झर्दै गरेको पीडाको झरी छेक्नु तिम्रो कोमल मन पोल्ने बाफिलो घाम निर्बाध फूल जस्तै फुल्नु तिमी हाँस्नु जून जस्तै जहाँ देखियोस् जीवनको उज्यालो रङ टप्प अडियोस् तिम्रा ओठमा गुलाफका पत्रमा बिम्बित शीतजस्तै प्रगाढ जीवन सौन्दर्य म मेरो स्वप्निल आकाशमा फैल�. . .