विशेष

आरती स्ट्रिप्समा कुटपिट प्रकरण : आर्थिक लेनदेनमा घटना मिलापत्र

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सन्जय सिंघलसहितका संचालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिटको घटना आर्थिक लेनदेनमा टुङगाएको पाइएको छ । आरती स्ट्रिप्सका संचालक सञ्जय सिंघलसहितका संचालकहरूले बधुबार साझ नेपाललाई निर्घात कुटपिट गरेको घटना. . .


एमाले सचिवमा उम्मेदवारी दिने प्रदेश १ का पुर्व मुख्यमन्त्री राईको घोषणा

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिन�. . .


मोरङ कारागार विराटनगरमा गिरीलाई ल्याउन तीन महिना अशान्त

विराटनगर । मोरङ कारागार भित्रबाट विराटनगरका उद्योगी–व्यवसायीलाई आतंकित पारेको भन्दै डिल्ली बजार कारागार सरुवा गरिएका अभिषेक गिरीलाई फर्काउन पछिल्लो तीन महिना ठूलै कसरत गरियो । कैैदीबन्दीलाई चरम यातना समेत दिएका चौकीदार गिरीलाई २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थान्तरण गरिएको थियो । त्यस. . .


पहिलो चौमासिकमा विराटनगर भन्सारको लक्ष्यभन्दा ९ प्रतिशत कम राजश्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजश्व महसुल संकलन गरेको छ । भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख संकलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ ७ अर्ब ८५ क�. . .


गुन्डा नाईके गिरीलाई रातारात विराटनगरस्थित मोरङ कारागार ल्याईयो

विराटनगर । सरुवामा परेका आठ जनामध्ये दुई जना कैदीलाई सिन्धुली लगेर नामुद अपराधी एवम् ‘गुन्डानाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । विराटनगर घर भएका अपराधिक पृष्ठभूमिका गिरीलाई सबैतिरबाट विरोध हुँदाहुँदै र कैदीबन्दीले असुरक्षित महसुस गर्दागर्दै रातारात मोरङ ल्याइएको हो । काङ्गे्रसमा आ�. . .


नेपाली कांग्रेस महाधिवेशन : मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन, संस्थापन पक्ष कमजोर

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पाडैल–कोइराला पक्षका सभापति निर्वाचित भ�. . .


ओबी अपडेट : नेपालमाथि पेस्तोल देखाएर कुटपिट गरेको खुलासा, पैसामा घटना गुपचुप पार्ने प्रयास

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर निर्घात कुटपिट भएको खुलेको छ । आरती स्ट्रीप्सका भाईस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटप�. . .


आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख नेपालमाथि निर्घात कुटपिट

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ । आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । प्रहरी घट. . .


कांग्रेस प्रदेश नं १ अधिवेशनको तयारी तीव्र, दुई हजार सहभागी हुने

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक बसेको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने . . .


लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै

विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गते. . .


आफैंले खुकुरी हान्न लगाएर साझेदारलाई दोष, योजनामा घटना घटाइएको प्रतिवादीको बयान

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित राजधानी इटा उद्योगका संचालक कलामसिंह लामामाथि भएको खुकुरी प्रहार उनकै योजनामा गराइएको आरोपीले अदालती बयान दिएपछि घटनाको अनुसन्धानमा आशंका सिर्जना भएको छ । गत असोज १० गते उच्च अदालत विराटनगरको प्रवेशद्वारमा लामामाथि विराटनगरका बिमल कार्कीले खुकुरी प्रह�. . .


विराटनगरको माछा बजार नयाँ गुद्रीमा स्थानान्तरण, व्यापार घट्यो

विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्रीको माछा बजार बसपार्क पछाडिको नयाँ गुद्रीमा स्थानान्तरण भएसँगै माछाको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् । पुरानो गुद्री भएको स्थानमा व्यापारिक कम्प्लेक्स बन्ने भएपछि गतसाता महानगरले नगर प्रहरीले लगाएर पुरानो गुद्री बजार खाली गराएको थियो । �. . .