भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ । एमालेका कार्यकताले मतगणनास्थल बाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो । बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार रा�. . .
विराटनगर । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार जितेन्द्र कुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार उठेका साह ७१६ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । साहले ७१६ मत ल्याएर विजयी हाँसिल ग. . .
सर्लाही । सर्लाहीको रामनगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेद�. . .
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र)तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले) ले आ–आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले १३८६ मत सहित अग्रता कायम राखेका हु�. . .
ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ । पालिका उपाध्यक्षमा कांग्�. . .
विराटनगर । मोरङको कानेपोखरीमा नेकपा एमालेकोतर्फबाट अध्यक्षको उमेदवार राजमती इङ्नामले निरन्तर अग्रता लिएकी छिन् । वडा नम्बर १, २, ६ र ७ को गणना भईसकेको छ । ३ र ५ को गणना भईरहँदा इङ्नामले ७ हजार २८० मत ल्याएकी हुन् । उनलाई पछ्याईरहेका काँग्रेसका सन्जय भट्टराईले ४ हजार ६७९ र माओवादीका सुर्य धिमालले ३ हजार �. . .
विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवार बनेर ‘लालटिन’ चुनावचिन्ह लिएका थिए । साहले ७१६ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुँदा जसपका उम्मेदवार दिनेशकुमार यादब ६८ मतले पछि परे । या. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाल�. . .
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । बज्राचार्यले ६ हजार ३�. . .
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध�. . .