समाचार

खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

खोटाङ । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक परियारसँगै हिँड्दै गरेक�. . .


पद र पेसाबाट राजीनामा दिएर चुनावी मैदानमा चिकित्सकहरू

काठमाडौं । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबे. . .


खोटाङमा जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

खोटाङ । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभएको छ । मुन रक्स इन्टरनेशनल प्रालिले जड�. . .


गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : अध्यक्ष प्रचण्ड

 गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हँुदै नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्. . .


निर्वाचनको स्वच्छतालाई नखल्बल्याउन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोग�. . .


समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

विराटनगर । पूर्वराष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उहाँले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाड�. . .


नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो । विसं २०७७ फागुन �. . .


पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता

लेखनाथ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ नम्बर ल्याएका थिए । त्यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा न�. . .


नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी �. . .


पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए-नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ । आयोगको आजको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्न. . .


नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा आजदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ । व्यास नगरपालिका–१ निर्मल माविस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको �. . .


‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधक�. . .