समाचार

विराटनगरमा संचालित ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको खेलाडीको गुनासो

बिनु तिम्सिना बिराटनगर कार्तिक ३० , विराटनगरमा संचालन भएको महेन्द्र गोल्छा स्मृति पूर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन फितलो भएको भन्दै खेलाडीहरुले गुनासो गरेका छन् । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा टाढाबाट आएका खेलाडिहरुलाइ बेवास्ता. . .


जलवायू परिवर्तको असर खेत बारीमा

बिनु तिम्सिना जलवायू परिवर्तको असर खेत बारीमा देखिन थालेको छ । बढदो जलवायू परिवर्तका कारण कृषि बालीमा रोग किरा देखिन थालेको हो । आज विराटनगरमा कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको ‘जलवायू परिवर्तन र कृषिमा भएको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा’ कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रिय. . .


“विराटनगरलाई उपेक्षामा पर्न दिन्न” – मन्त्रि केसी

बिनु तिम्सिना सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले विकासको काममा राजनीतिक दलहरु एक ठाउँमा उभीनु पर्ने बताउनुभएको छ । विराटनगरको विकासबारे बुझ्न आज उपमहानगरपालिका कार्यालय पुग्नु भएका मन्त्री केसीले स्थानीय दलका प्रतिनिधिहरुलाई विकासमा सचेत भएर निरन्तर खवरदारी गर्दै अघि बढ्न आग्रह गर्नुभयो . . .


खोटाङमा सबै सडकमा यातायात सेवा सुचारु

खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । यात्रुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँ गरी सातवटा सडकमा नियमित यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी स�. . .


पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न

विराटनगर कार्तिक ३० , महेन्द्र गोल्छा स्मृती पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल चरण सकिएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सबै इभेन्टका सेमिफाइनल खेल सकिएको आयोजकले जानकारी दिएको छ । मेन्स डबल खुल्लातर्पm सुनसरीका सूर्य श�. . .


टंकीसिनवारीबासीको गुनासो , सरकारलाइ ज्ञापन पत्र बुझाए

विराटनगर  कार्तिक ३०, भर्खरै प्रस्तावित विराटनगर महानगरपालिकामा टंकीसिनवारी गाविसलाई समाहित नगरेको भन्दै टंकीसिनवारीका स्थानीयवासीले सरकारलाइ ज्ञापन पत्र बुझाएका छन् ।  टंकीसिनवारीका स्थानीयवासीले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गर. . .


बिराटनगरको देवकोटा स्मारकको दुर्दशा , कस्ले गरिदेला संरक्षण ?

बिराटनगर कार्तिक ३० , बिराटनगर-१६ महेन्द्र मोरङ कलेज जाने बाटोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मारक रहेको छ । उक्त स्मारक भएको ठाउँलाई देवकोटा पार्क पनि भनिन्छ । श्रष्टाको सम्मानमा बनाइएको उक्त स्मारक अहिले गाईबस्तु चर्ने थलो तथा फोहरको थुप्रो फाल्ने ठाउँ भएको छ । संरक्षणको अभावमा उक्त पार्कको अ�. . .


इलामको माईखोलामा डुवेर बालकको मृत्यु

इलाम, कार्तिक २९ गते। इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्। आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म पनी नफर्किएपछी स्थानियले प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौ�. . .


विराटनगरमा कारको ठक्करबाट पैदलयात्री घाइते

बिराटनगर कार्तिक २९ , मोरङको विराटनगर-५ स्थित पिपल चौकमा बा १३ च २१६० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँका मोहमद बलिम घाइते भएका छन्। घाइते बलिकमो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।. . .


लिटल कोशी २०१६ को उपाधी जागृत र रेनिसाले चुमे

प्रेम देवान विराटनगर २८ कार्तिक । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा विराटनगरमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१६ को ग्रान्ड फिनाले शनिबार राती सम्मन्न भएको छ । एक महिना अगाडी अडिसन राउण्डबाट छानिएका मेल र फिमेल गरी लिटल कोशीका २४ जना प्रतिस्प्रधीहरुले स्प्रधा गर्दै फाईनल राउण्ड सम्म आईपु�. . .


बन्दको बिरुद्ध बिराटनगरका सडकमा युवाहरू [फाेटाे फिचर सहित]

बिराटनगर कार्तिक २८, आजको  नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप सडक सन्देेश कार्यक्रम  गरेका हुन् । युवाहरुले हातमा विभिन्न नारा सहितका प्लेकार्ड लिएर  सडकमा उत्रेका थिए ।युवाहरुकाे उक्त प. . .


बन्दको कारण बिराटनगरमा चलेनन् लामो दुरीका सवारीसाधन

बिराटनगर कार्तिक २८ , नेत्र बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले आज गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा पनि सामान्य देखिएको छ । बिराटनगरमा बिहानैदेखि निजी सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन् । बिराटनगर बजारका पसलहरु भने केही खुलेका छन् , शैक्षिक संस्था प्राय बन्द नै रहेका छन �. . .