समाचार

सुन्दर हरैँचामा भेटिएकाे प्रेसर कुकर बम : के थियाे ! बासी भात की विस्फाेटक पद्धर्थ

विराटनगर, ५ बैशाख । विहिबार बिहानको समय थियो । मोरङको सुन्दर हरैँचा नगरपालिकामा संकास्पद बस्तु फेला परेको प्रहरीलाई जानकारी गराए । प्रहरीले जानकारी पाउन साथ त्यो बारेमा कसरी सुरक्षित डिस्पोज गर्ने भन्ने लागेर प्रहरीले नेपाली सेनाको सहयोग लियो । नेपाल बन्दको आब्हान गरेको प्रतिबन्धित नेकपा विप्लव �. . .


ताप्लेजुङमा   १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ, ५ वैशाख। ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले   १० नाल भरुवा बन्दुक बरामद गरेको छ ।  प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारेकाे हाे । त्यसैगरी  प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्र. . .


माेरङकाे फेसबुक चोकमा आगलागी, १५ लाख बढीको क्षति

विराटनगर,  ५ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका-६ फेसबुक चोकमा आगलागी भएकाे छ । साेही स्थान बस्ने  बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करिब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हाे । भट्टराईको घरमा  बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो भएको दुई तले घर, घर भित्र रहेको लत्ता कपडा, भाँडावर्तन. . .


विराटनगरमा पत्रकारको धर्ना, जिल्ला प्रशासन कार्यालय घेरे

विराटनगर, ५ बैशाख । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । मोरङ जिल्ला पत्रकार महासंघको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित . . .


मोरङको सुन्दरहरैचामा शंकास्पद बस्तु , बम भएको स्थानीयको आशंका

बिराटनगर बैशाख ५ , बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएको हो  । स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । ईलााक�. . .


इलाममा रोकिएन चिया श्रमिकको आन्दोलन , तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग

कोकिला ढकाल इलाम, वैशाख ५ गते । सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ । सरकारले तोकेको दैनिक न्यूनतम ज्याला इलामका निजी चिया उद्योगले दिने प्रतिबद्धता जनाए पनि सरकारी स्वामित्वका बगानले अहिलेस�. . .


चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाचौँ स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो । हैदरावादको राजीव गान�. . .


विप्लव समूहकाे बन्दले विराटनगर बसपार्कबाट गाडी छुट्न सकेन

विराटनगर, ५ बैशाख ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज विहानै देखि  देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामा दुरीका सवारीका साधनहरु सञ्चालनमा आउन सकेकाे छैन ।  आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले ब. . .


विराटनगरबाट गच्छदारले भने ‘कांग्रेस वर्तमान सरकारसँग सहकार्य गर्न तयार छ’

विराटनगर, ५ चैत । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन्। ‘कांग्रेस सरकारलाई सबै खाले सहयोग गर्न तयार छ,’ उनले भने, ‘तर सरकारले संसदीय पद्धति र मूल्यमान्यतामाथि गरिरहेक�. . .


उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाकाे मृत्यु, एकै परिवारका ७ जना घाईते

उदयपुर, ५ बैशाख।  उदयपुरको कटारी नगरपालिका-८ बबलामा  वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ। सोही परिवारका अन्य ७ जना घाइते भएका छन्। राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चट्य�. . .


विराटनगर टर्मिनल बसपार्क देशकै नमुना बनाईदै, मासिक १० लाख उठाउन चुनौती

विराटनगर, ५ बैशाख । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनको काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकासँग भएको सम्झौता पछि बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई नमुनाको रुपमा अगाडी बढाउनको लागि काम शुरु गरेको हो । गत माघ १६ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको बिराटनगर टर्मिनल बसपार्क ब्यवस. . .


श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, यस्तो छ कारण

विराटनगर, ५ बैशाख श्रम कार्यालय बिराटनगरका प्रेम प्रसाद सञ्जेललाई भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा नगएको समयको सेवा सुबिधा लिएर भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएको हो । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र अख्तियार दु�. . .