समाचार

भद्रपुर ट्रककाण्ड : कर्मचारी र सशस्त्रमाथि छानबिन सुरु, चालक धरौटीमा रिहा

भद्रपुर, १७ साउन । भन्सारबिनै नेपाल भित्राइएको भुइकटर (अनारस) लोड गरिएको ट्रक स्थानीयले नियन्त्रणमा लिएको समाचार बाहिरिएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि छानबिन सुरु भएको बताइएको छ। भद्रपुर भन्सार कार्यालयअगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सई अमर विक नेतृत्वको सशस्त�. . .


वाकओभर पाउँदा पारिजात महिला फुटबल क्लब सेमिफाइनलमा

झापा, १७ साउन ।  झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी एक नम्बर प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा अन्तर्गत पारिजात महिला फुटबल क्लब अर्र्जुनधाराले वाकओभर पाएको छ।वाकओभरसँगै पारिजातले प्रतियोगिताको अन्तिम ४ स्थान सुरक्षित गरेको छ। बिहीबार हुने भनिएको मोरङको उर्�. . .


चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’

विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भ�. . .


ईन्सेकले प्रदान गर्ने प्रकाश मानव अधिकार पुरस्कार विराटनगरका गुरु बराललाई

विराटनगर,१६ साउन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बार्षिक रुपमा प्रदान गर्दै आएको प्रकाश मानव अधिकार पुरस्कार गुरु बराललाई प्रदान गरेको छ । बिहिबार इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औं स्मृति दिवसका अवसरमा २५ औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ सामाजिक तथा राजनीतिक अभियन्. . .


विराटनगरमा भेटियो पाउरोटीमा साङ्ला, कारण र परिणाम सहितको भिडियो रिपोर्ट

प्रेम देवान । विराटनगर, १६ साउन । हरेक दिन विहानको खाजा पाउरोटी, औपचारिक कार्यक्रममा जाँदाको खाजा पाउरोटी, बालबालिकालाई भुल्याउनको लागि खुवाईने पाउरोटी, अनी भोकलाग्दा बेलुकीको छाक टार्ने तथा तत्काल पेट भर्नको लागि खाईने खाजा हो पाउरोटी । तर सामान्यतया हामीले खाजाको रुपमा प्र्रयोग गरीने यस्ता खाद्य �. . .


नाबालिका बलात्कार गर्ने युवा जेल चलान, अदालतद्धारा ९ बर्ष कैदको सजाय

ईलाम, १७ साउन । एक नाबालिकालाई जवरजस्ती करणी गरेर फरार एक युवालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी ६ बर्षदेखि फरार रहेका सचिन रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो । इलाम चुलाचुली गाउँपालिकास्थित एक महिलासँग बसेका रसाइलीलाई पक्राउ गरी आजै जिल्ला अदालत इल. . .


विराटनगरको नोबेलमा सुत्केरी मृत्यु प्रकरण : दुईलाखमा कुरा मिल्यो, ३६ हजार मिनाहा

विराटनगर, १६ साउन । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ । मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गर्ने तथा लालन पालनको लागि २ लाख दिने सहमती भएको हो । नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिए भएपछि बि�. . .


मोरङको लेटाङमा चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो

विराटनगर, १६ साउन । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । डीएसपी खिउज�. . .


इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट” ,विधि र प्रकृया मिचेर बजेट ल्याईएको भन्दै असन्तुष्टि

अमर काफ्ले इनरुवा । विधि र प्रकृया मिचेर बजेट ल्याईएको भन्दै असन्तुष्टि जनाएकी उपप्रमुख जमुना गौतम पोखरेलले नगरसभा बैठकमा नोट अफ डिसेन्ट लेखेकी छिन् । साउन १० गते डाकिएको नगरसभा संशोधन प्रस्ताव सहित १४ गते पारित भएको थियो । आर्थिक वर्ष २०७६।७७ कालागि तय गरिएको खर्च बजेट योजना तथा तर्जूमा समितिसँग�. . .


विराटनगर महानगरपालिकाले १९ वटै वडामा पार्क बनाउने, राजबंशी चोकमा बन्यो (फोटो फिचर)

विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकाले राजबंशी चोकको पश्चिम सडकमा पार्क निर्माण गरेको छ । मझौला सहर एकिकृत वातावरणीय सुधार आयोजना अन्तरगत निर्माण भएको पार्क निर्माण भएको पार्क विराटनगर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । मेयर भीम पराजुलीले पार्कको उद्घाटन गर्दै हर. . .


रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए

विराटनगर, १६ साउन ।   नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ । उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल च�. . .


ताप्लेजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा विरामीको चाप ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता दैनिक सयौँको संख्यामा विरामीहरु अस्पताल पुग्ने गरेका छन् । एक हप्ता अघिसम्म दैनिक ५० जना विरामी आउने गरेकामा चार दिनयता दैनिक १ सयभन्दा बढी विरामी आएको अस्पतालले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामासमेत र�. . .