सप्तरी, असार १७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रा�. . .
बिराटनगर असार १७ । लियो क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा पेरिस सुबेदी चयन भएका छन् । सामाजिक कार्यमा अग्रसर रहेका युवा सुवेदी २०१९/२० का लागि क्लबको अध्यक्ष भएका हुन् । क्लबको उपाध्यक्षमा राहुल खान , कोषाधक्ष्यमा सदिक्षा भटराई र सेक्रेटरीमा प्रज्वल काफ्ले चयन भएका हुन् । उक्त क्लबबाट बिभिन्न समय. . .
रबिन्द्र बराल रंगेली, १७ असार । मोरङको रंगेली नगरपालिका बजारको अनुगमन गरिएको छ । प्रदेश नम्बर एकमा रहेको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलयले बजार अनुगमन गरेको हो । रंगेली नगरपालिका भित्र रहेका किराना पसल, मिष्ठ�. . .
एजेन्सी, १७ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारल�. . .
काठमाण्डौ,१७ असार । भक्तपुरको चाँगुनारायण-७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित . . .
झापा, १७ असार । आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ। गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन�. . .
एजेन्सी, १७ असार । सेमिफाइनलमा पुग्ने झिनो गणीतीय सम्भावना कायम राख्दै श्रीलंकाले एकदिवसीय विश्वकप अन्तर्गत लिग चरणको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिइसकेको वेष्ट इण्डिजलाई २३ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ . . .
राजविराज,१६ असार । नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप �. . .
काठमाण्डौ, १६ असार । सर्वोच्च अदालतले लोक सेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यससँगै स्थानीय तहका लागि आवेदन माग गरिएको कर्मचारी छनोट गर्ने बाटो खुलेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन विरु. . .
तस्विर: सन्तोषी श्रेष्ठको फेसबुकबाट विराटनगर १६ असार । सोमबार बिहान ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपड. . .
विराटनगर,१६ असार । प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यं. . .
विराटनगर १६ असार । विराटनगरको दक्षिणीभेगका निजि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । वडा कार्यालय परिसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा स्थानिय मनकामना इंगलिस बोर्ड�. . .