विराटनगर,भदौ २५। मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार विहान एकै परिवारका आमा र उनका पाँच वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । यता , अर्का १० वर्षीय छोरा पनि झुण्डिएको तर डोरी चुडिएर बाँचेका छन् । बुढीगंगा गाउँपालिका–२ अमाहीमा बस्ने आमा कविता यादव र उनका पाँच वर्षीय छोरा अमन मृत . . .
राजविराज, भदौ २५ गते । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो । यसअघि नगरपालिकाले कायम गरेको क. . .
इलाम भदौ २५ । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रातभरि परेको अविरल बर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रमा आउने तथा जाने करिब तीन दर्जन सवारीसाधन रोकिएका छन् । बिहान ९ बजेबाट सुरु भएक�. . .
सिरहा भदौ २५ । सिरहाको गोलबजार नगरपालिकामा करवृद्धिको विरोध गर्दै सातदलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ । नगरपालिकाले लागू गरेको सम्पूर्ण नयाँ कर स्थगित गरी साविककै करलाई निरन्तरता दिन मोर्चाले माग गरेको छ । आन्दोलनरत मोर्चाका तर्फबाट काँग्रेसका नेता राजदेव साहले गाउँघरमा दुःख गरेर बनाएका घर �. . .
बिराटनगर भदौ २५ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को तालिम सुरु भएको छ । तालिम संगै प्रतियोगिताको ट्यालेन्ट राउण्ड पनि सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डको निर्णायकमा स्मृति दिपेन था. . .
विराटनगर, २५ भदौ । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न नोबेल अस्पतालका संचालक डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न स�. . .
मोरङ, भाद्र २५। मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा शनिबार राती सिमेन्ट चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती १० बजेको समयमा कोशी राजमार्ग सडक बिस्तार गर्न साईड वाल बनाउनको लागि राखिएको सिमेन्ट चोरी गरी ठेलामा लोड गरेर लैजाँदै गरेको अबस्थामा ३ बोरा सिमेन्ट सहित मोरङ बु. . .
मोरङ, भाद्र २५ गते । मोरङ जिल्लाको पथरी-शनिश्चरे नगरपालिका-९ स्थित कुशेचौरीमा शनिवार बेलुका कुटपिटबाट एक जना घाईते भएका छन् । शनिवार राती १ बजेको समयमा कुशेचौरी बस्ने बर्ष ५० को भीम धिमाल र सोही ठाउँ बस्ने ४१ बर्षिया फुलमाया शेर्पा बिच एक आपसमा वादविदाद हुँदा धिमालले शेर्पालाई कुटपिट गरेका थिए । कु. . .
राजविराज (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने . . .
बिराटनगर भदौ २५ , अमेरिकन फर्म्याटमा संचालित बिराटनगर र इटहरीमा संचालित किन्डर पिलर प्रिस्कुलले बुवाको मुख हेर्ने दिनलाई बालबालिकाका बुवाहरुलाई फुटसल खेलाएर मनाएको छ । बिराटनगर र इटहरीमा संचालित उक्त स्कुलका अविभावकहरुले खनार स्थित फुटसलमा बालबालिकाको अगाडी फुटसल खेल खेलेर मनाएका थिए । खेलमा बि�. . .
काठमाडौं, २५ भदाै । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बना. . .
चितवन, २५ भदाै । स्थानान्तरण गरी चितवन लगिएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र ललितपुरकाे जावलाखेलस्थित सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको �. . .