समाचार

ओखलढुंगामा बाढी-पहिरोबाट चारको मृत्यु , एकै परीवारका दुई जना पहिरोमा परे

मनोज भट्टराई, ओखलढुंगा, असार २९  गते । सडकका कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन् । मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय छोरी याङजी शेर्प�. . .


बर्जुमा रहेको विराट लक्ष्मी कृषि माछा फार्मको माछा बगायो, २७ लाख बराबरको नोक्सान

प्रेम देवान विराटनगर २९ असार । अविराल बर्षापछि आएको बाढीका कारण किसानले लगाएका माछाहरु खोलाले बगाएको छ भने किसानलाई ठुलो क्षती भएको छ । सुनसरीको बर्जुगाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्ममा कृषकले पालेको माछा बगाएको छ । विराटनगरका दुई युवाले संञ्चालन गरेको माछा फार्ममा केहीदिन यता आएक�. . .


अविरल वर्षाका सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द

शशीधर पराजुली , विराटनगर, असार २९ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपास. . .


कोशी ब्यारेजका खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश: बन्द गर्न थालियो

अमर काफ्ले इनरुवा । ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सिर्जना भएपछि गएराति खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउनासाथ फेरि बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराति १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । बहाव बढ�. . .


‘हाई-प्रोफाइल’लाई अदालत र अख्तियारको ओत

काठमाडाैं, २९ असार । अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ । राज्यका निकायसँग मिलेमतोमा हाई-प्रोफाइल व्यक्तिले कसरी मुद्दालाई कचल्टाउन सक्छ भन्ने गतिलो उदाहरण हो, जोशीको मुद्दा । यसले हाम्र. . .


हवाइ र सडक मार्ग बन्द हुँदा सोलुखुम्बुमा सयौँ यात्रु अलपत्र

सोलुखुम्बु , २९ असार । चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् । निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र विकल्पको रुपमा रहेको सडक मार्गसमेत बिहीबार रातिको पहिरोले अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका हुन् । नागरिक उड्यन प्राधिकरण फ. . .


आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै

काठमाडौं,  २९ असार ।   असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचा�. . .


सप्तकोशीमा खोलिने ढोकाको हल्ला मात्र धेरै, १ फिटको पनि गन्ती,नदी आसपासका स्थानीय त्रसित

विराटनगर, २९ असार । शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तर�. . .


पहिरोमा परेर ओखलढुंगामा एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु

ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो। पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहर�. . .


अपडेट : बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३, बेपत्ता २४

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .


बिद्युत प्राधिकरण बिराटनगर कार्यालयमा पानी पस्यो, भोली आकस्मिक बाहेकका सबै काम रोकिने

विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो ।. . .


पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको ज्यान गयो

भोजपुर, २८ असार । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा  कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसे. . .