समाचार

नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो। माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डल. . .


खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि निःशुल्क जग्गा उपलब्ध

खोटांग पुष २६ , धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर �. . .


विराटनगरमा प्रहरीको साईकल अभियान, नागरिककाे समस्यामा प्रहरी पुग्ला (फाेटाे फिचर)

विराटनगर, २६ पुस । बुधवार विहान करिब पौने ५ बजेको थियो । मानिसहरु कोही आगो तापेका , कोही मर्निङवाकमा निस्किएका । केही हेल्मेट लगाएका ब्यक्ति साईकलमा आए । ति ब्यक्तिलाई देख्ने बित्तिकै विराटनगर महानगरपालिका ५ कोचाखालमा आगोतापेर बसेका स्थानीय झस्किए । विहानीको झिसमिसे अध्यारोमै यसरी साईकलमा त्यो पनि �. . .


बिराटनगरको एडु मार्कमा लोक सेवा तयारी तथा जापानिज कक्षा सुरु

बिराटनगर पुष २६ , बिराटनगरको संसारीमाइस्थानमा रहेको एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जापानिज कक्षा सुरु गरिएको छ । मंगलबार सस्थामा उक्त कोर्षको अभिमुखीकरण कार्यक्रम गरिएको एडु मार्कका निर्देशक रवी गुप्ताले जानकारी दिए । उनका अनुसार बिषयमा विज्ञहरुबाट एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जाप�. . .


मूलुकलाई हिन्दू राष्ट्र बनाउन राप्रपाले निर्णायक आन्दोलन गर्ने

पाँचथर, २६ पुस । राप्रपाका नेता  शुशिल श्रेष्ठले अब हिन्दू राष्ट्र्र बनाउन पार्टीले निर्णायक आन्दोलन गर्ने बताएका छन् । पाँचथरको फिदिममा बिहिबार बिहान पत्रकारसँग कुराकानी गर्दै नेता श्रेष्ठले अब राप्रपाले फाल्गुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताए। यात्रा ता. . .


विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई �. . .


सुनसरी, मोरङ र झापाका उखु किसान तनावमा, उखु बिकेन

नवराज कट्टेल विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् ।  आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्द. . .


फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

पाँचथर, २६ पुस ।  फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्व. . .


श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

काठमाडौँ, २६ पुस ।   कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परे�. . .


भोजपुरमा एक महिलालाई जन्मकैदको फैसला

भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गर. . .


अब विदेशी कलाकारको नेपाली विज्ञापन नबज्ने

काठमाडाै, २५ पुस । सरकारले विज्ञापन डबिङको प्रसारणमा प्रतिबन्ध लगाउने गरी विज्ञापन नियमन विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। हाल नेपाली टेलिभिजनहरूमा भारतीय कलाकारका नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरू बज्दै आएका छन्। त्यस्तै, फिल्म हलहरूमा समेत डबिङ गरिएका विज्ञापन बज्ने गरेका छन् । सरकारल�. . .


बलात्कार गरेको आरोपमा १ कर्मचारी पक्राउ

सुर्खेत, २५ पुस ।  वीरेन्द्रनगरमा बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।इमानुयल बोर्डिङ स्कूल वीरेन्द्रनगरमा प्रशासनतर्फ काम गर्दै आइरहेका ३६ वर्षीय चिरञ्जीवि गैरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार १ महिलाले आफूलाई बलात्का. . .