समाचार

शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने

ताप्लेजुङ,१ पुस ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले मुलुकको शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने बताएका छन् । शनिवार प्याब्सन ताप्लेजुङको सातौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष स�. . .


इलाममा पुस २० गते लगानी सम्मेलन हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

इलाम , १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ। कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो। लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने इलाम नगरपालिकाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि . . .


कोशी अञ्चल अस्पतालमा निःशुल्क भोजन शिवीर संचालन

विराटनगर, १ पुस । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले विराटनगरमा निःशुल्क भोजन शिवीर संचालन गरेको छ । आयोजक युवा परिषदको मोरङ जिल्ला कार्यसमिति र प्राथमिक समिति विराटनगरले स्थानीय कोशी अंचल अस्पताल परिसरमा निःशुल्क शाकाहारी भोजन शिवीर संचालन गरेको हो । अस्पतालमा उपचार सेवा लिन आएका विरामी र तिनक. . .


विराटनगनरका १५० जनालाई लायन्समा महिला भुमिका बारे प्रशिक्षण

विराटनगर, १ पुस । लायन्स क्लब इन्टरनेश्नल ३ सय २५ ए वान ले लायनिज्ममा महिलाको भूमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया आयोजना गरेको छ । विराटनगर गरिएको कार्यक्रममा १ सय ५० बढी महिला तथा छात्राहरु सहभागी भएका छन् । कार्यक्रममा लायन्स क्लब आबद्ध तथा समाजसेवामा समर्पित महिलाहरुका साथै पूर्वाञ्चल विश्वव�. . .


विराटनगरमा रेडक्रसको प्रदेश १ कार्यालय स्थापना

विराटनगर, १ पुस । नेपाल रेडक्रस सोसाइटीको प्रदेश १ कार्यालय विराटनगरमा स्थापना गरिएको छ । रेडक्रसका अध्यक्ष संजिव थापाले रेडक्रस मोरङ परिसरस्थित भवनमा प्रदेश कार्यालयको उद्घाटन गरे । अध्यक्ष थापाले झापाका कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा गठित १५ सदस्यीय रेडक्रशको प्रदेश १ कार्य समितिको पदस्था. . .


हत्यारालाई कार्वाहीको माग गर्दै ईटहरीमा युवाको प्रदर्शन

ईटहरी, १ पुस । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरीको १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरि कारवाही गर्न माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । चार महिना अगाडि बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्याराहरुलाई कानुनी दायरामा ल्याउन नसकिरहेको समयमा इटहरीका युवा. . .


सम्झौता अनुसार काम नभएको भन्दै ईनरुवामा फोहोर थुपारेर स्थानीयद्वारा यातायात अवरुद्ध

ईनरुवा, १ पुस । सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् । नगरपालिकाको ध्यानाकर्षणसहित सांकेतिक विरोध स्वरुप उनीहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेस्र्याएर आवतजावत रोकेका �. . .


गाइघाट बजारको मुख्य रोडमै फुड फेष्टिबल आयोजना, असर सवारी साधन र सर्वसाधरणमा

उदयपुर, २९ मङ्सिर । गाइघाट बजारको मुख्य रोडमै फुड फेष्टिबल आयोजना गर्दा सवारी साधन र सर्वसाधरणमा मार्कमा परेका छन्। जिल्ला होटल व्यवसायी संघ उदयपुरले आयोजना गरेको फुड फेष्टिबल मुख्य सडकमै आयोजना गरेपछि मार्कमा परेका हुन्। स्थानीय शिव दाहालले मेला, महोत्सव आयोजना गर्ने धेरै खुल्ला सर्वाजानिक स्थलहर. . .


विराटनगरको विष्णुमाया पुस्तकालयमा यस बर्षपनि निःशुल्क एसईई तयारी कक्षा शुरु

विराटनग, २९ मंसिर । विराटनगर महानगरपालिका १ मा नेताचौकमा रहेको विष्णुमाया पुस्तकालयले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि संचालन गर्दै आएको निःशुल्क एस.इ.इ. सहयोगी कक्षा यस वर्ष पनि शूरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश १ का प्रदेश सभा सदस्यहरु यशोदा अधिकारी र सावित्रा रेग. . .


विराटनगरका शास्त्रीय संगीतका गुरु कुशेश्वरकाे एउटै सपना – ‘संगीत घर वनाउने’

विराटनगर, २९ मङ्सिर ।   कुशेश्वरप्रसाद राईले पूर्वमा शास्त्रीय संगीतलाई जीवन्त बनाउन प्रयास गरेका छन् । गीत संगीतको क्षेत्रमा बाल्यकालदेखि नै लागेका कुशेश्वरले २४ वर्ष पहिला संगीतालय स्थापना गरेका हुन् । उनले विराटनगरमा संगीतालय शुरू गर्दा कुनै पनि गीत र संगीत सिक्ने ठाउँ थिएन । बसपार्कको एउटा सा�. . .


एउटै बसपार्कको दुई पटक उद्घाटन !

पाँचथर, २९ मङ्सिर।  चार वर्षअघि २०७१ मा सञ्चालनको लागि उद्घाटन गरिएको फिदिम बसपार्क सञ्चालनको लागि शनिबार फेरि उद्घाटन गरिएको छ । फिदिम–२, पल्लोटारमा २०५५ सालदेखि निर्माण सुरु भएको बसपार्क सञ्चालनको लागि २०७१ साल वैशाख १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गर्नुभएको थियो । त�. . .


खाेटाङमा जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत भेटिए

खोटाङ, २९ मङ्सिर । जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत भेटिएका परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत भेटिएका परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्प�. . .