समाचार

रुखको हाँगाले लागेर १ जनाको मृत्यु

सुनसरी, १९ असाेज । सुनरीको धरान उप-महानगरपालिका ६ पानमाराकाे विशाल चौकमा रुखको हाँगाले लागेर १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बिहान ९ बजे घर नजिकै रहेको जंगलमा सुकेको रुख काट्ने क्रममा हाँगा झरेर लाग्दा  बर्ष ५० को लम्दाथाङ आङदम्बेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको . . .


दुई मोटरसाईकल आपसमा जुझ्दा तीन जना घाइते

सुनसरी, १९ असाेज । सुनसरीको भोक्राह गाउँपालिका-४ जनता चौकमा २ वटा मोटरसाईकल एक आपसमा जुझ्दा दुर्घटना भई  ३ जना घाइते भएका छन् । दिउँसो  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ४ प १६९१ नम्बरको मोटरसाईकल र भित्री सडक खण्डबाट राजमार्ग आउँदै गरेको को ६ प ३४९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थ�. . .


“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, १९ असाेज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना  गरेको 'क्यामेरा संचालन तथा समाचार सम्प्रेषण' सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ । १ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍�. . .


विराटनगर स्थायी राजधानी हुने यस्ता अाधार प्रस्तुत (भिडियाे सहित)

विराटनगर, १९ असाेज । एक नम्वर प्रदेशकाे अस्थायी राजधानी विराटनगरबाट अन्यत्रै लग्न लागिएकाे भन्दै अावाजहरु उठी रहेकाे  छ । विराटनगरका उद्याेगी ब्यवसायीले स्थायी राजधानी विराटनगर हुनु पर्ने भन्दै ज्ञापन पत्र पनि बुझाईएकाे छ छ । ब्यवस्थापिका र कार्यपालिका फरक फरक स्थानमा राख्ने कुराले साम्सदहरु रुष�. . .


विराटनगरकाे विशाल चाेकमा आगलागी, डेढ लाखको क्षति, एकजना घाईते

विराटनगर, १९ असाेज ।  विराटनगर महानगरपालिका-५  विशाल चौकमा  अागलागी भएकाे छ । स्थानीय मुन्नी खातुनको घरमा आगलागी भएको हाे । खातुनको घरमा अचानक ग्याँस लिक भई आगलागी हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । आगलागीबाट टिनको छानो भएको २ कोठे घर तथा सम्पूर्ण सर-सामान जलेर नष्ट भ�. . .


सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, १९ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३  हनुमान चौकमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अल्फावेट  नखुलेको ६९४७ नम्बरको मोटरसाईकलले साईकलमा सवार ईनरुवा नगरपालिका-४ बस्ने बर्ष ६५ को जनकलाल मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई   व. . .


लेक लागेर ताईवानी नागरिकको मृत्यु

साेलुखुम्बु, १९ असाेज । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ स्थित लोबुचे होटलमा बिहीबार साँझ लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मदर अर्थ होटलमा साँझ आराम गरिरहेको अवस्थामा अचानक लेक लागेर बर्ष ४६ को ताईवानी नागरिक चेनारी च्याङ  नाम गरेको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय ना�. . .


पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ असाेज।  पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बर्दि�. . .


“६३ औं प्रहरी दिवस” को अवसरमा रक्तदान कार्यक्रमको आयोजना

बिराटनगर,१९ असाेज ।  “६३ औं प्रहरी दिवश” २०७५ को अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कर्यालय विराटनगरले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी असाेज २३ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नेपाल रेडक्रस सोसाईटी विराटनगर शाखासंगको सहकार्यमा  कार्यक्रम गर्न लागिएकाे. . .


उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो

विराटनगर,१९ असाेज । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव. . .


व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प

झापा, असोज १९ गते । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सारमा तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्स�. . .


विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा,थाल्यो ‘सुतली’ उत्पादन

विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ ।  यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा  यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .