समाचार

विराटनगरको जनता नमुना स्कुलमा बैठकमै शिक्षक र अभिभावक विच हात हालाहाल

विराटनगर १४ मंसिर । विराटनगर २ मा रहेको जनता नमुना माध्यामिक बिद्यालयमा शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बोलाईएको थियो । बिहान ८ बजे नै निम्तो गरिएको व्याक्ति सबै उपस्थित भईसकेका थिए । विराटनगर महानगरपालिका २ का वडा अध्यक्ष समेतको उपस्थिती थियो । तर बैठकमा शिक्षक प्रतिनिधि र अभिभावक �. . .


झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी ! ट्राफिकले थाल्यो दिउँसै चेकिङ

राजु पौडेल, झापा, १४ मंसिर । चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले दिउँसै मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो । जिल्ला ट्�. . .


“युवाहरुको लागि चुनौती साथै धेरै सम्भावना छ” – बेनी गोपाल मुन्दडा

बिराटनगर मङ्सिर १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लास्ट थर्सडेको ४५ औ शृंखला रहेको थियो  । बिराटनगरस्थित देवानारा ग्रुपका उप निर्देशक बेनी गोपाल मुन्दडासंग  बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रिय�. . .


झापामा निर्दयी शिक्षिकाले ३ बर्षीय बालिकालाई यातना दिई घाइते

दमक मङ्सिर १४ , झापाको दमकस्थित ग्लोबल बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत एक छात्रालाइ शिक्षिकाले यातना दिएको पाइएको छ । शिक्षिका भुमिका सेन्चुरीले शरिरमा निलडाम हुने गरी कुटेपछि ३ बर्षिया छात्रा आरुसी पन्थी बिरामी परेकी छन् । उनलाइ दमकको निम्स अस्पतालमा भर्ना गरिएको छ । विद्यालयबाट मावली घर आएप. . .


ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चार महिनामा करिव ५० लाख चढाए

ताप्लेजुङ,  मङ्सिर १४ । प्रदेश नम्बर १ को प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिव ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्�. . .


रुपनीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते

राजविराज मङ्सिर १४ । राजविराज-रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमा�. . .


मोरङमा ‘बन्धन’ ब्रान्डमा नयाँ सिमेन्ट उद्योग संचालनमा आयो

विराटनगर मङ्सिर १४ । प्रदेश नम्बर १ को मोरङ बुढीगङ्गा गाउँपालिकामा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली. ले ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गरेको छ । विराटनगरका दुई युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा नयाँ सिमेन्ट उद्योग संचालनमा आएको हो । उद्योगमा मल्टिनेसनल �. . .


मदिराकाे विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजना, विज्ञापन सङ्घकाे अापत्ति

काठमाडौं,१४ मङ्सिर ।  मदिरासम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजनाको नेपाल विज्ञापन सङ्घ (आन) ले आपत्ति व्यक्त गरेको छ । सरकारले ल्याउन लागेको ‘मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ ले अर्बौंको राजस्वमा असर गर्ने आनको भनाइ . . .


टंकीसिनवारी जेसिस प्रकरण: कार्वाहीमा परिन् पुर्ब अध्यक्ष न्यौपाने, साधारण सदस्य समेत रहेन

विराटनगर, १४ मंसिर । विगत केही महिना देखि बढेको टंकीसिनवारी जेसिसको विवाद अदालतबाट नटुङ्गिँदै कार्वाहीसम्म पुगेको छ । टंकीसिनवारी जेसिसको बर्ष २०११ को अध्यक्ष तथा बर्ष २०१२ को नेपाल जेसिको उपाध्यक्ष समेत रहेकी रिता न्यौपाने कार्वाहीमा परेकी हुन् । अदालतमा गएर मुद्दा हालेको भन्दै जेसिसको मानमर्दन �. . .


बेला–बेला टाउको दुखिरहन्छ ? यी कुरामा ध्यान दिनुस्

विराटनगर, १४ मङ्सिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ । १ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको �. . .


सैन्य भर्ना अनियमितता : तीन अधिकृतसहित ११ जना बर्खास्त

काठमाडौं,१४ मङ्सिर ।  नेपाली सेनाको भर्ना प्रक्रिया अनियमिततामा संलग्न १९ अधिकृतसहित १७३ जना कारबाहीमा परेका छन् । जसमध्ये तीन अधिकृतसहित ११ जनालाई कैदसँगै बर्खास्तीको फैसला गरिएको छ । सैनिक अदालतले दोषीहरूबाट ३ करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने फैसला पनि गरेको छ । नेपाली सेनाको भर्ना प्रक्र�. . .


महिला साफ च्याम्पियनशिप फागुन २८ देखि विराटनगरमा हुने, ७ देशकाे सहभागिता रहने

विराटनगर,१४ मङ्सिर। नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको बिहिवारसाँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा नेपालसहित भारत. . .