समाचार

बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला

झापा । बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो . . .


तथ्यांकमा दोस्रो चरणको निर्वाचन : १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा

दोस्रो चरणको निर्वाचनमा १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा होमिँदैछन् । असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहमा १५ हजार जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जम्मा १५ हजार ३८ जनप्रतिनिधि चुनिनेमा ३८ जना निर्विरोध निर्व. . .


मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

विराटनगर, असार १२ ,  मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्वेसा बजारबाट राति घर फर्कने क्रममा सोनाधारको माईथान मन्दिर नजिक नचिनेका मानिसको स. . .


तीन बालबालिका मृत भेटिए

भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप �. . .


झापाको बिर्तामोडमा पनि उम्मेदवारको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला

२ असार, झापा । झापाको बिर्तामोड नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मी न्यौपानेको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला परेका छन् । शंकाष्पद वस्तु भेटिएपछि बमको आशंकाले स्थानीय त्रसित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनख. . .


बिराटनगरमा उल्लासमय वातावरणमा इद मनाइदै (फोटो फिचर)

आइतबार ७ः१८ बजे चाँद निस्किएर रोजा सकिएपछि इद सुरु भएको छ। बिराटनगरमा पनि इदको उल्लासमय वातावरण देख्न सकिन्छ , बिराटनगरमा आज बिहान इद मनाउने क्रममा खिचिएका केहि तस्बिर ।. . .


सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर दुई बालकको मृत्यु

सुनसरी, असार १२ सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ। मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका-४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी-१४ खनार घर भई हाल दुहबी नगरपलिका-४ मामली घर बस्ने १० बर्षिय सजल चौधरी रहेका छन्। शनिबार बेलुक�. . .


झापामा निर्वाचनमा खटिएकी स्वयं सेविकाको मृत्यु

झापा, असार १२  झापाको अर्जुनधारा नगरपालिका-३ स्थित संयुक्त वडा कार्यालय खुदुनाबारी मतदान केन्द्रमा खटिएकी एक स्वयं सेविकाकको आइतबार अचानक मृत्यु भएको छ। स्थानीय जय भण्डारीको श्रीमती ४२ बर्षिया कमला भण्डारी उक्त मतदान केन्द्रमा परिचय पत्र बितरण गर्ने काममा खटीएकी थिईन्। साँझ ५ बजेतिर अचानक बेहो. . .


श्रीमानद्वारा श्रीमतीलाई खुकुरी प्रहार

पाँचथरको रानिटार-६ घर भई हाल ईलाम जिल्लाको इलाम नगरपालिका-८ धोबिधारा बस्ने ३० बर्षिया निरु गुरुरुङलाई उनकै श्रीमान ३५ बर्षिय नर बहादुर गुरुङले आइतबार खुकुरी प्रहार गरेका छन्। बेलुका ८ बजे तिर मादक पदार्थ सेवन गरेका नरबहादुरले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेको स्थानीयले बताए। खुकुरी प्रहा�. . .


धरानमा नेकपा एमालेका उमेदवार तारा सुब्बाको घरमा शक्तिशाली बम विस्फोट

धरान । धरान उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार तारा सुब्बाको घरमा अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ । धरान ११ मंगलबारे नजिकै रहेको सुब्बाको घरमा बिहान साढे ६ बजे बम फालेर दुई युवा भागेका थिए ।  बम विस्फोट कसले गराएको भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।. . .


एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु

महोत्तरी । मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमासुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार ग�. . .


रङ्गेली र बेलबारीमा दुई जना मृत अवस्थामा फेला

उर्लाबारी (मोरङ) । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् । अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस�. . .