समाचार

अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न

तेश्रो एनएमबी बैंक अन्तर बिद्यालय पुर्वाञ्चल स्तरिय हेरिटेज पेन्टिङ प्रतियोगिता बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरको गुरुकुलमा आयोजित प्रतियोगितामा नेपालको सम्पदालाई बिद्यार्थीले पेन्टिङ गर्दै तस्विरमा उतारेका थिए । बैकले संस्थागत सामाजिक दायित्व सम्पदा संरक्षणको क्षेत्रमा योगदान दिने उद�. . .


स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते

लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई छिन् । गएराती पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर. . .


८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा

प्रहरीले सिराहा नगरपालिका २ बाट ८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय सिराहा (ख) बाट खटिएको प्रहरी गस्ती टोलीले खेतको बाटो हुदै भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा नियन्त्रणमा लिएको हो । स्थानीय २७ बर्षिय देबेन्द्र यादव र ४२ बर्षिय बिजय कुमार गोईतले टाउकोमा बोकेर ल. . .


नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा

नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ । एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान अभियान चालिएको हो । यस्तै अभियानले देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान मद्दत पुग्ने एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौध�. . .


किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामाको सरसफाइ

किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत दोस्रो दिन कुलाङ दाक्मामा घर सफा गरी सफा पानीले सिञ्चित गरेको दियो बाली सार्वजनिक स्थानको सरसफाइ गरिएको छ । खेतबालीमा रोपिएको अन्नबाली पाकेपछि आफ्ना कुल इष्टदेवतालाई अर्पण गरेर मात्र आफूले खान हुने विश्वास छ । तीनदिन मनाइने चासोक तङ्नामका ब�. . .


वर्डफ्लुको खतरा र त्यसबाट बच्न अपनाइने विधिका बारेमा जानकारी

वर्ड फ्लु रोग परिर्वतीत वातावरणमा झन शक्तीशाली बन्दै गएको पशु सेवा विभागका महानिर्देशक केशब प्रेमीले वताउनु भएको छ । विराटनगरमा वर्डफ्लु रोग नियन्त्रणसँग सम्बन्धित सरोकारवाला पक्षसँग अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालय पशु सेवा विभागको वर्ड फ्लु नियन्त्र. . .


स्कूल बसले वृद्धालाई ठक्कर दिँदा…

शुक्रबार मङ्सिर १९ , २०७१ बिर्तामोड । बिर्तामोडबाट विद्यार्थी बोकेर पश्चिम जाँदै गरेको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी उच्च माध्यमिक विद्यालयको बसले आज एक वृद्धालाई ठक्कर दिएको छ । चारपाने चौक पूर्व स्थानीय ८० बर्षीया खादोसरी राजवंशीलाई बाटो काटने क्रममा न्यूटन्स स्कूलले ठक्कर दिँदा रा�. . .


सूचना माग गर्दा धम्की, सुरक्षाको लागि प्रशासनमा उजुरी दर्ता

बाँके (१९ मंसीर)÷ नेपालगन्ज—१०, बाँके निवासी स्थानीय मैफुजुर कबडियाले स्थानीय रानीतलाऊ खुद्रा तरकारी बजार सञ्चालक समितिसंग सूचना माग गर्दा समितिका पदाधिकारीले ज्यान मार्ने धम्की दिएका छन् । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग सूचना �. . .


यौन दुव्र्यवहार सहितका विभिन्न हिंसाजन्य अपराधिक गतिविधिहरुबाट किशोरीहरु प्रताडित

यौन दुव्र्यवहार सहितका विभिन्न हिंसाजन्य अपराधिक गतिविधिहरुबाट किशोरीहरु प्रताडित हुनु परेको विराटनगरमा  आयोजित एक कार्यक्रममा सहभागि किशोरीहरुले वताएका छन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा किशोरी संरक्षणका लागि नागरिक समाज सञ्जाल मोरङ र सिविन विराटनगरले आयोजना गरेको अन्तरसंवा. . .


जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिम बेल्हामा सम्पन्न

इस्टर्न सुगर मिल सुनसरीले आयोजना गरेको जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिमकर्ताको लागि तालिम सुनसरीको अमाहि बेल्हामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसिको सहयोगमा आयोजना गरिएको सो तालिममा जिल्ला कृषि विकास कार्यालय मोरङ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तथा सुग. . .


सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते

धनकुटाको भेडेटार ३ कोशी राजमार्गमा आज बिहान सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ। धनकुटाको छिन्ताङबाट सुन्तला बोकेर धरानतर्फ आउँदै गरेको को। १ च ४४१२ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा जीपमा सवार छिन्ताङ ३ बस्ने २४ वर्षिय . . .


बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू

मोरङको बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन । दुर्घटनामा घाइते भएकी लेटाङ २ बस्ने ५५ वर्षिया नरमाया श्रेष्ठको उपचारकाक्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । त्यहि दुर्घटनामा परी लेटाङ २ कै ६० वर्षिया पदमास श्रेष्ठ, पिकअपका चालकसहित अन्य तीनजना घाइते भए�. . .