विराटनगर

जेल जानुपर्नेहरू खुलेआम अदालतमा, प्रहरीले समातेन

विराटनगर, ४ पुस । नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे। प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ। फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन्। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई. . .


किन दायर गर्याे बूढीगंगा गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा

विराटनगर, ४ पुस ।   मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै न. . .


विराटनगर भन्सारको राजस्व सङ्कलन ५ महीनामा १६ अर्ब

विराटनगर,४ पुस । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ५ महीनामा १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरेको छ । यो राजस्व संकलनको लक्ष्यभन्दा ४४ दशमलव ८८ प्रतिशत बढी हो । यस अवधिका लागि राजस्व संकलनको लक्ष्य १६ अर्ब १६ करोड २१ लाख थियो । प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीका अनुसार गत आर्थिक वर्ष. . .


मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजन बारे बुझ्न ६ सदस्य टोली सहित दिल्ली पुगे

विराटनगर, ३ पुस । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि  कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जित�. . .


मोरङमा स्वास्थ्य वीमा कार्यक्रम लागू हुँदै, १७ स्थानीय तहमा प्रशिक्षण सकियो

विराटनगर, ३ पुस । नेपाल सरकारले मोरङ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम विस्तार गर्ने भएको छ । यसैको तयारी स्वरुप हाल जिल्लाका सबै स्थानीय तहमा जनप्रतिनिधि, सरोकारवाला क्षेत्र एवं स्वास्थ्यकर्मीहरुको लागि अभिमुखिकरण तालीम संचालन भइरहेको छ । स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत त�. . .


सुन्दर-हरैँचामा पिकअप दुर्घटनामा चालक घाइते

विराटनगर,  ३ पुस। मोरङको सुन्दर-हरैँचा नगरपालिका-७ ठडिया चोकमा मंगलवार दिउँसो पिकअप दुर्घटनामा चालक घाइते भएका छन् ।   पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च ९२० नम्बरको पिकअप भेन आँफै अनियन्त्रितभई सडकमा पल्टिएको थियो । दुर्घटनामा पिकअपका चालक सोही नगरपालिका-१० बस्ने बर्ष २६ को रविन कार्की घाईते भई�. . .


विराटनगरबाट २ लाख मूल्य बराबरको अवैध सामान बरामद

विराटनगर, ३ पुस।  विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार  २ लाख २४ हजार १ सय ४६ रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको किराना समान, १५ थान कोट, १० थान कुर्ता सुरुवाल लगायत खाद्या�. . .


विराटनगरकी नेहाको अपहरण की भागी विवाह, आमा रुँदै प्रहरीकोमा, भनिन्–‘छोरी फर्क’

प्रेम देवान/ओवी विराटनगर, ३ पुस । विराटनगर १५ मा रहेको श्रीराम स्कुलमा अध्यनरत एक छात्रा २ हप्तादेखि सम्पर्क विहीन भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया नेहा गिरी गत मंसिर २० गतेदेखि परिवार सम्र्पक विहीन भएको उनको परिवारले बताएका छन् । विराटनगर १५ मन्टापोखरी घर भएकी नेहा २० गते विहान कोचिङ पढ्न भ�. . .


विराटनगरमा आयोजना हुन लागेको भविष्य स्टीम च्यालेन्जको तयारी तिब्र

विराटनगर,  पुस ३। विराटनगरमा भविष्य स्टीम च्यालेन्ज आयोजना गरिने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु उक्त कायक्रममा हुने छ । विद्यालयस्तरमा काम गर्दै आएको "कारखाना" नामक संस्थाले भविष्य स्टीम च्यालेन्ज आयोजना गर्न लागेको हो । प्रतियोगितामा मोरङ �. . .


पथरीमा सुनचाँदी पसलबाट चोरी

विराटनगर, ३ पुस ।  मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन. . .


बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द

बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ  । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .


बिराटनगरको मौसम : रातिबाट वर्षा जारी , चिसो बढ्यो

बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .