विराटनगर

विराटनगरमा ६६ विद्यार्थीलाई युवा उद्यमी मंचले दियो नयाँ विद्यालय पोसाक

विराटनगर असोज ६ , विराटनगर–१२ मलंगवास्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विद्यालय पोसाक वितरण गरेको छ। वि.सं. २०५८ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी न्यून आय भएका परिवारका छन्। आर्थिक अवस्थाका �. . .


भारीवर्षा र बाढीपहिरोको जोखिम बढेपछि मोरङमा सुरक्षा निकाय हाई अलर्टमा

सोनु साह, विराटनगर । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान शाखाले असोज ७ गतेदेखि ११ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षासँगै बाढी,डुबान,पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएपछि मोरङमा जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखि. . .


जीवन विकास स्वयंसेवक दिवस : १६० स्थानमा सामाजिक काम

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते साेमबार 'जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो । कोशी, मध�. . .


बिराट किचनले खाद्य स्वच्छता स्तरमा ‘क’ वर्ग प्राप्त

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज परिसरमा सञ्चालित बिराट किचन प्रालिले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी ‘क’ अर्थात् ‘अति उत्तम’ प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार गरेको अनुगमन तथा मूल्यांकनमा बिराट किचनले ९७ अंक प्राप्�. . .


विराटनगरमा युवा उद्यमीहरूसँग कुलमान घिसिङको अन्तरक्रिया

विराटनगर, असोज ५  नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा आज मोरङ उद्योग संगठनको सभाहलमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ मुख्य वक्ताका रूपमा उपस्थित रहेका थिए। उक्त सत्रमा युवा उद्यमीहरूको बाक्लो उप. . .


बाटो मिलाएपछि विराटनगर आइपुग्छ भारतको माछा

विराटनगर । नेपालमा माछा आयात गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया धेरै छ । भारतबाट होस् वा अन्य मुुलुकबाट व्यावसायिक रूपमा माछा (ताजा, जमेको, वा भुरा) आयात गर्दा पशु सेवा विभाग मातहतका निकायहरूबाट अनुमति लिनु अनिवार्य हुन्छ। तर, विराटनगर बजारमा भारतबाट आउने माछा कुनैपनि कानुनी प्रक्रिया मिलाइरहनु. . .


मोरङ–सुनसरी सीमाबाट भित्रन्छन् मालवस्तु, पक्रनु की तर्कनु हुन्छन् सुरक्षाकर्मी

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ को दमडीचौक, अमडुवा फारम, भीमपुर हुँदै बाइकमा सामान बोकेका मान्छेहरु दैनिक दौडन्छन् । एकै व्यक्ति दिनभरमा चार पटकसम्म ओहोरदोहोर समेत गर्ने गरेका छन् । सामान आउँछ, खन्याउँछ अनि फेरी फर्किन्छ । यो व्यस्ता दिनमा मात्रै छैन, रातमा पनि उतिकै चलिरहेको छ । स्थानीयले न�. . .


घटस्थापनादेखि विराटनगरमा ‘विराट सडक महोत्सव’

विराटनगर असोज ४ , बडादशैंको अवसर पारेर विराटनगरमा ‘छैटौँ विराट सडक महोत्सव’ आयोजना हुने भएको छ। घटस्थापनादेखि सुरु हुने महोत्सवमा विभिन्न जातजातिका मौलिक खानाका परिकारसँगै दैनिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। मन्जिना मुभिज क्रियसनको आयोजनामा हुने महोत्सव असोज २५ गते आइतबार�. . .


विराटनगरमा सिटी सफारीको संख्या आवश्यकताभन्दा चार गुणा बढी, ट्राफिक व्यवस्थापनमा चुनौती

सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। बजार क्षेत्रका मुख्य सडकमा ठूलो संख्यामा सिटी सफारी सञ्चालन हुँदा सडकमा भीड बढ्नुका साथै अन्य सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ। विराटनगरमा दैनिक रूपमा ह�. . .


देवानगञ्जमा गोली चलेको भन्ने समाचार भ्रामक : सुनसरी प्रहरी

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित बीपी चोकमा गोली चलेको र मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित समाचार भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप भए�. . .


देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते : दुई जना नियन्त्रणमा

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको हो। झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादवको पृष्ठभागमा चोट लागेको प्रह. . .


‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा उदयपुर विजयी

विराटनगर । विराटनगरमा आजदेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले मोरङलाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उदयपुरका आद. . .