विराटनगरको समाचार

लागूऔषध सहित उर्लावारीबाट एकजना पक्राउ

विराटनगर, ६ कात्तिक। लागू-औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  मोरङ उर्लाबारी नगरपालिका-६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी-६ बस्ने वर्ष २५ को बिजय पोहरालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम-९ एम्पुल, फेनारगन-९ एम्पुल  �. . .


बिराटनगरमा यसरी खेलियो कुस्ती !!

विराटनगर महानगरपालिका ६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यसबर्ष पनि दशैको अबसरमा आयोजना गरियो । कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे । दशैको अबसरमा सोमबार तराई मधेसको मौलिक संस्कृतिस�. . .


मोरङको धनपालथानमा बस र कार जुध्दा ४ घाइते

मोरङ, कार्तिक ०६ मोरङको धनपालथान गाउँपालिका- ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । राती १०:२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना �. . .


आजदेखि सरकारी कार्यालयहरु तथा बैंकहरु खुल्ने

बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका  सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । आज  विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।. . .


आज विजया दशमीको तेश्रो दिन , टीका तथा जमरा ग्रहण गर्ने क्रम जारी

आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइ�. . .


दशैको बेला मोरङका पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

सुमन घिमिरे  उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजम. . .


आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी

बिराटनगर कार्तिक ३ , आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ । दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज तेस्रो दिन पनि आफन्तकोमा घुमिघ�. . .


बिराटनगरको बिकेभिएम स्कुलमा पढ्ने अविनाशको डुबेर मृत्यु

बिराटनगर कार्तिक २  । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) मा पढ्ने एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । उनि दशैं मनाउन मामाघर आएका थिए । बिकेभिएम मा कक्षा ९ मा पढ्ने उनको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षी�. . .


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा दशैँको शुभकामना ब्यक्त

बिराटनगर कात्तिक २ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।   सन्देशमा जातजाति र धर्मावल�. . .


विराटनगरको अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर, कार्तिक १ ,  विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थान. . .


मोरङ जिल्लालाई मंसिर २० सम्म खुुलादिशामुुक्त जिल्ला घोषणा गरिने

विराटनगर, कार्तिक १  । आगामी मंसिर २० गते मोरङ जिल्लालाई खुलादिशामुुक्त जिल्ला घोषणा गरिने भएको छ । खुुलादिशामुुक्त क्षेत्र घोषणा हुुन बाँकी रहेका नगरपालिका तथा गाउपालिकाले मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्�. . .


मोरङ कटहरीको जीवन विकास समाजले पायो तीन लाख अमेरिकी डलरको इन्टरनेशनल अवार्ड

काठमाडौं कार्तिक १ ,  पिछडिएका समुदायको बालबालिकालाई विगत डेढ दशकदेखि शिक्षाको‌ अवसर प्रदान गर्न सकृय सामाजिक संस्था 'जीवन विकास समाज'  तीन लाख अमेरिकी डलर बराबरको एग फण्ड इन्टरनेशनल अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार राशी हालको सटही दर अनुसार नेपाली तीन करोड चौवन्न लाख रुपैयाँ हुन आउँछ ।‌‌‌‌‌‌‌�. . .