पुर्व

पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

तेह्रथुम, असोज २१ तेह्रथुम जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घरमाथीबाट पहिरो खस्दा खाम्लुङ गाविस ६ बस्ने ४८ वर्षिय लोकेन्द्र कुरुङवाङ र निजको ८ वर्षिय छोरा संगम कुरुङवाङको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परी �. . .


सुकेटार विमानस्थल निर्माण कार्य विचैमा रोकियो

विराटनगर २० असोज । ताप्लेजुङको सुकेटार विमानस्थलमा भईरहेको निर्माण कार्य रोकिएको छ । मधेस बन्द र सिमा नाका नखुल्दा भएको ईन्धन अभावको कारण निर्माण कार्य प्रभावित बनेको हो । बिमानस्थलमा अहिले कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका ठेकदार बल थापाले जानकारी दिए । गत चैतमा नै सकिनुपर्ने भ�. . .


विदेशमा हात गुमाएकालाई उपचार खर्च

विराटनगर, २० असोज हेल्थ नेपाल सोसाईटी विराटनगरले भोजपुर घर भएका एक अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । सोसाईटीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी भोजपुर घर भएका २७ वर्षिय देवन राईलाई नगद ४० हजार ४ सय ४४ रुपैयाँ सहयोग गरेको हो । रोजगारीको सिललिमा मलेसिया पुगेका राई ३ महिना मै काम गर्ने क्. . .


झापामा धारिलो हतियारले घाँटी रेटेर एकको हत्या

झापा, असोज २० झापा जिल्लाको कन्काई नगरापालिकामा बुधबार धारिलो हतियारले रेटेर एक जनाको हत्या भएको छ। झापा शनि-अर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय डिक बहादुर विश्वकर्माको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–७ स्थित विरिङ खोलाको पुलमा फेला प�. . .


मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु

 बिराटनगर असोज २० झापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकारको लागतमा भ्याट वाहेक रु २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा पुलको निर्माण कार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयका झापाका प्रमुख जिल्ला इन्�. . .


सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल

बिराटनगर असोज २० जिल्ला शिक्षा कार्यालय पांचथरले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल थालेको छ । यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ । कार्यालयका योजना अधिकृत युगमण. . .


प्रदर्शनकारीले हानेको ढुङाले लागेर एक जना घाइते

बिराटनगर असोज १८ सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा प्रदर्शनकारीले हानेको ढुङाले लागेर आज एक जना घाइते भएका छन। प्रदर्शनकारीले हानेको ढुङाले लागेर ना. ५ ख ४९२४ नम्बरको बसका कण्डक्टर पाँचथर फिदिम ६ बस्ने २८ वर्षिय चेतन अर्याल सामान्य घाइते भएका छन्। उनको टाउकोमा ढुङाले लागेको छ। उनलाई स्थानीय अस्प�. . .


औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द

बिराटनगर असोज १८ भारतीय नाकाबन्दीले औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द भएको छ । भद्रपुरको ओमसाई पाथीभरा हस्पिटल र विर्तामोडको विर्ता्सिटी हस्पिटलको मिर्गौला उपचारसम्बन्धी डायलोसिस सेवा विगत तीन दिनदेखि बन्द भएको हो । डायलोसिसका लागि चाहिने सामान भारतब�. . .


धरानमा पेट्रोलियम पदार्थको हाहाकार , कालोबजारी मौलाउदै

धरान १८ असोज । लगातारको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरानमा पेट्रोलियम पदार्थको हाहाकार बढेसंगै कालोबजारी समेत मौलाएको छ। अघोषित नाकाबन्दी र मधेशवादीहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा कालो बजारी मौलाएको हो । भारतले नाकाबन्दी खोलेको . . .


भेडेटार पुग्ने पाउनालाई बाँसका थाल

भेडेटार १८ असोज । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गा्निक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिस�. . .


मेनपावरको ठगि धन्दा : पैसा एकमुष्ठ लिन्छन बिदेश पठाउदैनन

  तेज बन / इटहरी, १७ असोज – च्याउसरी बग्रेलती सञ्चालनमा आएका इटहरी क्षेत्रका केहि मेनपावरहरुमा ठगि धन्दा मौलाएको छ । पासफोर्ट र रकम अघाडी लिने तर मान्छेलाई भनेको ठाउमा पुर्याउन महीनौ दिनसम्म झुलाउने प्रबिर्ती इटहरीको मेनपावर कम्पनीहरुमा चलेको चलन जस्तै बनीन थालेको छ । पछिल्लो समय यस्ता घटनाहरु बहि�. . .


आफ्नै श्रीमतीको हत्या

विराटनगर १७ असोज । झापाको बाहुनडाँगीका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदक पदार्थ सेवन गरेर बाहुनडाँगी–३ निवासी सनिल उरावले ३५ वर्षीया श्रीमती चिन्द्र उरावको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उरावले शुक्रबार मादक पदार्थ सेवन गरेर श्रीमती चिन्द्रलाई कुटपिट गरी गम्�. . .