पुर्व

भोजपुरमा सुन्तला खेतीमा रमाउँदै कृषक : यस वर्ष ३० करोड आम्दानी

भोजपुर, माघ २८ गते । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन�. . .


झापाका संजिवको कथा: बंगुरको वीर्य बेचेर करोडपति,बार्षिक ७ करोडको कारोबार !

टीकाराम उप्रेती झापा माघ २८ गते । घरमा साहुको लर्को लाग्न थाल्यो । बिहान उज्यालो भएदेखि साहुको डरले राती उठेर जंगल तिर जान्थेँ । दिनभरी जंगलमा नै बस्थेँ । साँझ सबै सुतेपछि अध्यारोमा घर फर्कन्थेँ । बाटोमा नयाँ मानिस देख्दा पनि मलाई नै खोज्दै आएको होला भनेर डर लाग्थ्यो । नेपालमा केही काम पाइनँ । मेरो स�. . .


वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका बालकृष्ण पक्राउ

सोलुखुम्बु, २८ माघ । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल. . .


झापाको सरकारी,सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

झापा । झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकार भएकाले बताएका छन् । झापाको गौरादह, कनकाई, दमक, विर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमणको समस्या भएको बताइएको छ । कमल गाउँपालिकका अध्यक्ष मेनुका काफ्लेले लखनपुरस्थित सशस्. . .


कोशी पर्यटन महोत्सवमा पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ) को आनन्द लिदै

इनरुवा, माघ २६ गते । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी. . .


धनकुटा अस्पतालको अवस्था : पर्याप्त पूर्वाधार छ तर बिमारी जाँच्ने डाक्टर छैनन्

धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्�. . .


प्रदेश समृद्धिको मुख्य आधार नै मौलिक पहिचान-मुख्यमन्त्री राई

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए । मुख्यमन्त्री राईले मुलुक समृद्�. . .


किमाथांका नाका बन्द हुँदा खाद्यान्न संकट , हेलिकोप्टरबाट लगिँदै

संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा  खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो । चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेल�. . .


पूर्वराजाको चियाबगानले श्रमिकलाई दिएन ज्याला

झापा । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् । पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल. . .


‘पेरुंगो’ बोकेर रसिक इलाममा, पुस्तकमा नेपाली समाजको चित्र

इलाम । आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’ यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, तार�. . .


खानेपानीको माग गर्दै धरानवासी आन्दोलनमा

धरान। समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै  जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् । खानेपानी संस्थानले पा. . .


ताप्लेजुङमा तरुलको व्यापार बढ्दो

ताप्लेजुङ  । माघे संक्रान्ति नजिकिएसँगै ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको छ । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताउँछन् । संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हु. . .