पुर्व

इलाममा नातिको कुटाइबाट हजुरबुवाको मृत्यु

पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुवाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले शुक्रबार राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाए�. . .


मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

ताप्लेजुङ, १७ कात्तिक । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे . . .


बसको ठक्करबाट साईकल यात्री घाइते

झापा, १६ कात्तिक। झापाको कमल गाउँपालिका-३  राजमार्गमा बसको ठक्करबाट बिहान बसको ठक्करबाट साईकल यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै आउँदै गरेको को १ ख ६७६८ नम्बरको बसले साईकलमा सवार शिवसताक्षी नगरपालिका-१ बस्ने बर्ष ४५ को हर्कबहादुर राईलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट �. . .


भद्रपुर चौकमा निर्माण भएकाे प्रहरी बिट हस्तान्तरण

झापा, १६ कात्तिक । झापाको भद्रपुर नगरपालिका-८ सगरमाथा चौकमा निर्माण गरिएको प्रहरी बिट आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयवासीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त बिट आज कार्यक्रमका प्रमुख अतिथी समाजसेवी राजेन्द्र घिमिरेले वडा प्रहरी कार्यालय भद्रपुरलाई हस्तान्तरण गरे । कार्यक्रममा जिल्ला. . .


सुनसरीको ईटहरीमा कपास उद्योगमा आगलागी, ५ लाखको क्षति

सुनसरी,  १६ कात्तिक। सुनसरीको ईटहरी उप-महानगरपालिका-१०  कपास उद्योगमा आगलागी हुँदा करिव ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट अनिल अग्रवालले संचालन गरेको जय माता दी कपास उद्योगमा कपास पेल्ने मेशिन तातिएर बिहान अचानक आगलागी भएको थियो । आगलागीबाट उद्योगमा भएको कपास, मोटर चलाउने मेशिन जलेर नष्ट भ�. . .


टिपरको ठक्करबाट घाइते राईको मृत्यु

सुनसरी, १६ कात्तिक । सुनसरीको भोक्राहा-नर्सिङ गाउँपालिका-२ मदर्सामा टिपरको ठक्करबाट गम्भिर घाइते लक्ष्मण राईको उपचारको क्रममा मृत्यु भएको छ । राईलाई बिहीबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३३ प ८४२३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको को १ ख ५४२१ नम्बरको टिपरले ठक्कर दिएको थियो. . .


अख्तियारद्वारा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका पूर्व कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

धनकुटा,१६ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङेदेन, लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरिकुमार पोख्�. . .


प्रथम मेयर कपको उपाधी मातृभुमी कृर्षी फर्मलाई

भोजपुर, १६ कात्तिक। भोजपुर सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभुमी कृर्षी फर्मले जीत हात पारेको छ। भने हतुवागढि गाउँपालिका घोरेटार उपविजेता बनेको छ । जीतसंगै मातृभुमीले नगद ५० हजार ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता घोरेटारले नगद ३० हजार ट्रफि मेडल र प�. . .


समुदाय प्रहरी साझेदारी’ कार्यक्रम इटहरीमा शुरु

सुनसरी, १६ कात्तिक। समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उपमहानगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्धारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरी. . .


रंगेलीमा चल्ला बरामद

रंगेली, १६ कात्तिक । भारतबाट अवैध रुपमा बिक्रीका लागि नेपाल ल्याउँदै गरेको बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बिओपी रंगेलीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी कार्यालय रंगेलीले चोप्राहाबाट रंगेलीका विभिन्न गाउँमा बिक्रीका लागि ल्याउने क्रममा पक्राउ गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको चल्ला पश. . .


पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन थालियो

पाँचथर,कार्तिक १५ गते । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।   अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद साप�. . .


उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानलाई सहयोग स्वरूप पाँच लाख

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासक�. . .