पुर्व

ईटहरीबाट विप्लव समुहका दुई कार्यकर्ता पक्राउ 

सुनसरी, २७ असार। सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले नेकपा (विप्लव समुह) का दुई कार्यकर्तालाई मंगलबार नियन्त्रणमा लिएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले जिल्ला दार्चुला लाटिनाथ-८  घर भई ईटहरी-११  मा केन्द्रिय सदस्य वर्ष ३५ को स�. . .


सुनसरीमा खोलामा बाढी, धान रोप्ने खेत सुख्खा

इनरुवा, असार २७ गते । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ । जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर�. . .


सप्तरीमा ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण

लहान ।  नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बोको- बाख्रा वितरण गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०/१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो । . . .


सडकको जग्गा खरीद बिक्रीमा संलग्न ६ जना जेल परे

उदयपुर, असार २७ । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार. . .


सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार

सप्तरी, असार २७ । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ । आँपको राजधानी मानिएको जिल्ला सप्तरीमा आँप उत्पादनमा वृद्धि भएसँगै गत वर्षको तुलनामा व्यापार दोब्बर भएको हो । सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृष. . .


उपकुलपति फिर्ता प्रकरण –पुर्वाञ्चल विश्व बिद्यालय प्राध्यापक संघको बिरोध

विराटनगर, २७ असार । नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोइराला माथि गरेको ब्यवहारको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय कार्यालय बिराटनगरले विरोध जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति नरेश कुमार शाहद्धारा जारी विज्ञप्त�. . .


लडेका छोरालाई बाबुले चलाएको ट्याक्टरले किचेपछी….

विराटनगर, २६ असार । मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँ�. . .


पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु

२६ असार,पाँचथर ।   पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । याङबर गाउँपालिका– ३ चैतेभीरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।  उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रह�. . .


झापामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु 

झापा, असार २६ । झापाको बेग्लाबेग्लै स्थानमा गएराती भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। झापा बाह्रदशी-६ डाँगीबारी भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कु�. . .


प्राबिधिक शिक्षाले रोजगारीको अबसर प्रदान गर्ने बारेमा ईटहरीमा छलफल

ईटहरी, २५ असार । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ईटहरीमा सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद (सिटिईभिटी), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा १ दिने अन्तरक्रिया का. . .


सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा

इटहरी,२५ असार ।  सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगत�. . .


झापामा बुहारीलाई काजकिरिया गर्न नदिने परिवारलाई सामाजिक बहिष्कार

झापा असार २५। निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आईतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रस. . .