पुर्व

श्रीमानबाट श्रीमतीको हत्या

इनरुवा,  साउन ११ गते । सुनसरीको कोशी गाउँपालिकामा आज एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेको छ । तीस वर्षीय रामकुमार यादवले आफ्नै श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिक. . .


सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट क्षती 

सुनसरी, साउन १२ , सुनसरीको कोशी गाउँपालिका ४ स्थित एक घरमा बुधबार आगलागीबाट एक घरमा क्षती पुगेको छ। स्थानीय मंजित मन्सुरीको घरमा बुधबार चुल्होबाट अचानक आगो सल्किंदा आगलागी भएको हो।आगोले मन्सुरीको टाटी बेरा, फुसले बनेको घर, भान्सा कोठामा रहेका भाडावर्तनहरु जल्दा अन्दाजी बिस हजार मूल्य बराबरको क्षती . . .


धरानबाट लागूऔषधसहित दुई युवा पक्राउ 

सुनसरी, साउन ११ सुनसरी जिल्लाको धरानबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ बस्ने बर्ष-२१ को बिमल बि.क. र मोरङ केरावारी ५ बस्ने बर्ष २५ को अर्जुन कुवँर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।दुबैको साथबाट नाइट्रोशन ट्याब्लेट १० थान बरामद भएकोले. . .


सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

राजविराज । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् । �. . .


मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने पक्राउ

राजविराज ।  सप्तरीको राजविराज–४ बाट मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने र विभिन्न ठाउँमा धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–६ बस्ने गोपी भन्ने १८ वर्षीय किसनकुमार राउत र हनुमानगर कङ्कालनी नगरपालिका–१४ रम्पुरा महल्हनीया बस्. . .


इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गयो

इलाम साउन ८– इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो । विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईलाई खेतमा पानी. . .


उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित

टाँडी (मोरङ), साउन ८ गते ।   उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् ।   कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको  विकल्पमा निजी वन लगाउन थालेका हुन् ।  साविक टाँडी गाविसको वडा नं. ४, ५ र ६ (हाल मिक्लाजुङ–३)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् . . .


 धनकुटाको पाख्रिवासमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना 

धनकुटा, साउन ८ , धनकुटाको पाख्रिवास नगरपालिका ३ मा शनिबार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाईते भएका छन्। कोशी राजमार्ग राजमार्ग अन्तर्गत को १२ प २३९० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँका १४ बर्षिय सुमन राई घाईते भएका हुन्। उनको स्. . .


नकल्ली नोटसहित एक पक्राउ

राजविराज, साउन ७ । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती�. . .


सुनकोशी नदी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र

गाईघाट । दुई वर्षअघि सुनकोशी नदीमा निर्माण सुरु गरिएको स्थायी पुल ठेकेदार कम्पनीको बेवास्ता र लापर्बाहीका कारण अलपत्र हुन पुगेको छ । गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा निर्माण हुन लागेको उक्त पुल ठेकेदार कम्पनीको बेवास्ता र �. . .


 झापामा मोटरसाइकल दुर्घटनामा एक घाइते

झापा, साउन ६, झापाको कमल गाउँपालिका-५ साबित्रा चौकमा विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६७७२ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने २४ बर्षिय पदम विश्वकर्मा रहेका छन्। दुर्घटनामा शरीरको विभिन्न भागमा चोट लागेका विश्कर्माको लाईफलाईन अ�. . .


मोरङको केराबारीबाट ४ नाल भरुवा बन्दुकसहित एक पक्राउ

मोरङ, साउन ६ मोरङको केराबारी गाँउपालिका-८ हजारबिघाबाट प्रहरीले विहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्रबहादुर घोरसाने रहेका छन्। घोरसानेले ग्वालीमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबा�. . .