कृष्ण बिदुखी गौतम तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । पाँचपोखरी, पटकेडाँडा, तीनजुरे, गुफाबजार, सुके बजार मेन्छ्यायाम डाँडा, लगायत स्थानमा हिमपात भएको हो । हिउँ हेर्ने त्यस स्था. . .
भोजपुर, माघ ७ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । प�. . .
खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .
झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत�. . .
बिराटनगर पुष ८ , होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .
विनय तिम्सीना, इलाम । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागिएको ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’को तयारी तिब्र भएको छ । महोत्सवस्थल इलाम सदरमुकामको ठुलो टुँडिखेलमा स्टल बनाउने . . .
पशुपतिनगर, पुस ४। प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्क जस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्�. . .
काठमाडौँ पुष १ । सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य व�. . .
विनाय तिम्सीना, इलाम । इलाम, धार्मिक स्थलले भरिभराउ जिल्लाको रुपमा चिनिन्छ । पूर्वी नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभराको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ । बरब. . .
उर्लाबारी, मङ्सिर २५ । जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेत�. . .
कृष्ण विदुखी गौतम तेह्रथुम मङ्सिर २० , तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ । समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी न�. . .
बिराटनगर , मङ्सिर १८ गते । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनक�. . .