कोशी

मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभेटिएपछि धरान-२० को मतगणना स्थगन

विराटनगर । धरान उप-महानगरपालिका वडा नं. २० को मतगणना स्थगन गरिएको छ । १८ वटा मतपत्रमा मतदान अधिकृृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो । सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरुले हाल नाराबाजी ग�. . .


बुढीगंगामा कांग्रेसकाे उम्मेदवार जितनारायण थापा मगरले मतान्तर बढाउँदै

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले अग्रता कायम राखेका छन् । उनले ७ हजार ३ सय ७४ र एमालेका उम्मेदवार बलभद्र सारदार थारुले ६ हजार ४ सय ३२ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आ�. . .


प्रदेश नं. १ मा ५ जिल्लाको मतगणना सम्पन्न, धेरै ठाउँमा काँग्रेस विजयी

विराटनगर । प्रदेश नं. १ का १४ जिल्लामध्ये पाँच जिल्लाका सबै ४२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म भोजपुरका ९, तेह्रथुमका ६, ताप्लेजुङका ९, ओखलढुंगाका ८ र संखुवासभाका १० स्थानीय तहको मतगणना सम्पन्न भएको हो । ती जिल्लाका ४२ स्थानीय तहमध्ये काँग्रेसले सबैभन्दा धेरै २० स्थानीय तहको नेतृत्व जि�. . .


समाजसेवी गोयलद्धारा वृद्धाआश्रममा खाद्यसामाग्री वितरण

विराटनगर । उद्योगपति तथा वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चौकमा रहेको जागृति वृद्धाश्रममा खाद्यसामग्री सहयोग गरेका छन् । दीनबन्धु उषादेवी गोयलको ५० औं विवाह उत्सवको अवसर पारेर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई एक महिनाको खाद्य सामग्री वितरण गरेका हुन् । आ�. . .


विराटनगरको मेयरमा पछि परेको एमाले मोरङको ३ पालिकामा विजयी

विराटनगर । प्रदेश नंं. १ को एकमात्र महानगरपालिका विराटनगरको प्रमुख पदमा पकड गुमाएको नेकपा (एमाले) ले मोरङका अन्य पालिकामा आफ्नो वर्चश्व कायम गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ५ पालिका जितेको एमालेले यसपटकको निर्वाचनको प्रारम्भिक मतगणनामै ३ पालिकामा विजयी हाँसिल गरेको हो । मोरङमा हालसम्म १ न�. . .


सुनसरीको भोक्राहा-नरसिंहको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका हुन् । अध्यक्ष पदमा कांग्रेसका अजमल अख्तर आजाद ४६०६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेन�. . .


इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी

विराटनगर । इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका उम्मेदवार केदार थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार �. . .


बुढीगंगा गाउँपालिका-२ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका रेवती नारायण चौधरी ३०० मतान्तरले विजयी भएका छन् । उनले १ हजार २ सय १४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।   उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेक. . .


झापाकाे मेचीनगरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबार. . .


उदयपुरमा कार दुर्घटनाहुँदा एक जनाको मृत्यु , चार जना घाइते

विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घा�. . .


लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .


विराटनगर-१३ को वडाध्यक्षमा राप्रपाका सुर्यलाल यादव विजयी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमो�. . .