विराटनगर । विराटनगर । विराटनगर १६ दरैयाको उखुबारीबाट तस्करी गरेर लुकाएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको करिब साढे ४ लाख बराबरको कपडा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको हो । भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुक�. . .
विराटनगर । प्रदेश १ को कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउनका लागि सार्वजानिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरु बिषयक कार्यशालामा सहभागीहरु�. . .
विराटनगर । महिलाहरुको महान पर्वको रुपमा मानिदै आएको हरितालिका तिज आ आफ्नै तरिकाले मनाईदै आएको छ । हुन त पछिल्लो समय तिज भड्किलो रुपमा मनाउदै आएको देख्न सकिन्छ । तर विराटनगरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले भने फरक शैलिमा मनाएको छ । ‘सिपसँगै तिज’ भन्ने मुल नारा सहित महिला . . .
विराटनगर । मोरङमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या वर्षेनी बृद्धि हुँदै गएको छ । सरकारले जग्गा पास गराउँदा २५ प्रतिशत छुट दिने नीति लिएसँगै जमिनमा महिलाको स्वामित्व बढ्न थालेको हो । मालपोत कार्यलय मोरङ विराटनगरमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा २६ हजार ६५० वटा रजिष्ट्रेशन पास भएकामध्ये १. . .
विराटनगर । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–३ खारजीमा अटो टेम्पोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १–००२ ह ३९२ नम्बरको अटोको ठक्करबाट विराटनगर–१२ की ७७ वर्षीय हिमा निरौलाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते निरौलाको उपचारका क्रममा मोरङको बुढीगंगा स्थित विराट शि�. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित तृष्णा रेष्टुरेन्टमा बुधबार राती झगडा भएको छ । प्रहरीले झगडामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेष्टुरेन्टका बाउन्सर श्रवण अली, विराटनगर–१० का सन्तोषकुमार चौधरी र अर्का सुमनकुमार चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानक. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरे�. . .
विराटनगर । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल थालेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस�. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै नेपाली काँग्रेस विराटनगरका दुई नेताबीच उमेदवार सिफारिसलाई लिएर बिहीबार हानाहान भएको छ । विराटनगर–३ वनकार्यालय नजिकै नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति बिनोद बस्नेत र अर्का नेता राजु थापाबीच हानाहान भएको हो । गठबन्धन गरेर निर�. . .
विराटनगर । मोरङमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आठ मतदान स्थल सार्ने र आठ मतदानस्थल थप्न सिफारिस गरिएको छ । मतदातालाई असजिलो हुने गरि साँघुरो र अपायक पर्ने मतदानस्थल सेवा क्षेत्र भित्र सारिने र मतदाताको संख्या बढी भएको वडामा थप्न सिफारिस गरिएको हो । प्रदेश निर्वाचन कार्या�. . .
विराटनगर। क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा विराटनगर–१६ का २६ वर्षीय युवक उत्सव दाहाललाई प्रहरीले पक्राउ गरेको छ । हाल काठमाडौं–१० बानेश्वर बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–६ का रोहिन मण्डलसहित तीनजनालाई औषधी व्यवस्था कार्यालय विराटनगरले नियन्त्रणमा लिइएको छ । मण्डलले आफ्नो रोहिन सामुदायिक क्लिनिकको आडमा बिना इजाजतको औषधी ल्याएर घरबाट बिक्री गर्ने गरेको पाइएपछि उनीसहित अन्य दुईजनालाई पक्राउ गरिएको हो । मण्डलले बिक्री गर्ने औषधी सेव�. . .