Admin_OB

अमेरिकी डलरको मूल्य ११५ रुपैयाँ ११ पैसा पुग्यो

बिराटनगर भदौ २१ , निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो। राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर भने ११४रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। भारतीय रुपैयाँ डलरको तुलनामा कमजो�. . .


भोजपुरमा बलात्कारमा संग्लन दुई जनालाई जेल चलान

भोजपुर, भदौ २१। जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुईजनालाई बिहीबार जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का ‘काजी’ भनिने मानबहादुर बोहोरा र १३ वर्षीया बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय ‘कान्छा’ भनिने भवनी कट्टेललाई कैदस�. . .


बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ । कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ ।  कलेजमा आएको नयाँ विषयले �. . .


बिराटनगरको नेहारिका कलेजमा तीनवटा नयाँ कोष थपियो

विराटनगर, भदौ २१। विराटनगरको निहारिका कलेजले यस बर्ष तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयबाट निहारिका कलेजले बीसीए, बीएचएम (होटेल म्यानेजमेन्ट) र बीआईएम कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।. . .


दमकमा शववाहन खरिदका रकम जुटाउन फुटसल प्रतियोगिता हुदै

दमक भदौ २१ , झापाको दमकमा शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्र�. . .


झापामा वर्षेधान भदौमै धान काट्न सुरु

विष्णुप्रसाद पोखरेल दमक, भदौ २१ गते । झापामा वर्षेधान भदौमा नै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान कातिक, मङ्सिरमा मात्र काटिँदै आएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धान सुपरजोनमा भने अहिले किसानलाई धान काट्न चटारो पर्न थालेको छ । धान सुपरजोन क्षेत्र घोषणा भएका किसानहरूले . . .


साफ च्याम्पियनसिप: नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौँ, भदौ २१ गते । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइ. . .


विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका इलाममा पढाइ शुरु

इलाम, रासस । विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित. . .


पाँचथरमा समयमै जन्म र मृत्युदर्ता गराउनेलाई पुरस्कार

पाँचथर भदौ २१ । पाँचथरको फिदिम नगरपालिकाले समयमै जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रममार्फत नै ३५ दिनभित्र जन्म र मृत्यु दर्ता गर्न आउनेलाई ५ सय रुपैयाँ पुरुस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले . . .


अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु

काठमाडौं भदौ २१ । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बा�. . .


झापामा जङ्गली हात्ती मृत भेटियो

भद्रपुर, रासस । मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनम�. . .


नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै

काठमाडौं भदौ २१  । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेल�. . .