Admin_OB

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तेह्रथुम, मंसिर १६ तेह्रथुमको लालीगुरास-१ मा बुधबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मे १ त १८८० नम्बरको ट्याक्टर राती १२ बजेतिर लालीगुरास-१ स्थित घुर्मिते भन्ने स्थानमा सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टरमा सवार पाँचथर नाग�. . .


विवेकशील नेपाली दलको उर्लाबारीमा सभा हुने

उर्लाबारी मङ्सिर १६ , अन्य राजनीतिक दलको विकल्पको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले पुर्वको उर्लाबारीमा विवेकशील सभा आयोजना गर्ने भएको छ । युवाहरुमाझ निकै चर्चामा रहेको उक्त दलका केन्द्रीय अध्यक्ष तथा युवा अभियन्ता उज्ज्वल थापा तथा केन्द्रीय सदस्य मिलन पाण्डेले उक्त सभामा सम्बोधन गर्ने का. . .


“पुर्वाञ्चल कलेज प्रिन्सेसले मलाई पहिचान दियो” – सुस्मिता बस्नेत

विगत केही वर्ष यता पुर्वाञ्चलमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु हुने गरेका छन् । युवतीहरु जो मोडलिङमा रुचि राख्छन् र यसै क्षेत्रमा  आफ्नो करियर बनाउन चाहन्छन् उनिहरुका लागि पुर्वमा हुने यस्ता सौर्न्दर्य प्रतियोगिताले ठुलो मदत गर्दै आएको छ ।     यस्तै  पुर्वान्चल कलेज प्रिन्सेस  पनि एक सौन्दर्य प्रत. . .


भारु पाँच सय र हजार दरका नोटसहित पक्राउ

इलाम, मंसिर १५ इलामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्। भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो। मियालाई अनुसन्धानकाला�. . .


विराटनगरबाट लागुऔषधसहित एक पक्राउ

मोरङ, मंसिर १५  मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क�. . .


श्रीमती कुटर श्रीमान भागे

दुहबी मङ्सिर १५ , सुनसरीको दुहबीभलुवा-४ स्थित नयाँ वस्तीमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरेर फरार भएका छन् । स्थानीय मीन बहादुर नेपालले आफ्नो श्रीमती साबित्रा नेपाललाई निर्घात कुटपिट गरेर घरमा उनलाई थुनेर भागेका छन् । घाइते श्रीमतीको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने फरार �. . .


इटहरीमा दुर्घटनामा दुई जना घाइते

सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्। घाइते दुबै जनाल. . .


विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही

सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारब. . .


आजदेखि बर्दियामा अनिश्चितकालीन चक्काजाम

मंसिर १४- जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ । खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै मंगलबार पनि गुलरिया-राज. . .


फिल्मी शैलिमा चटपटेवालामाथि लुटपाट

भोजराज श्रेष्ठ धरान/धरानमा केही दिन यतादेखि  चक्कू देखाएर एक युवाले चटपटेवालाहरुसँग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् । सुरुम�. . .


विवाह पञ्चमी महोत्सव सुरु

धनुषा , मङ्सिर। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा ।श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्. . .


स्टारहाङले  आफ्नो “मनको जलन” लिएर आउँदै 

सानैदेखी नेपाली गीत संगीत प्रती झुकाब रहेका भोजपुरे  गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको गीतकारले हामीलाई जानकारी दिनु भएको छ। उक्त एल्बमा ५ वटा . . .