कपिलवस्तु, ८ मङ्सिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय युवा राजाबाबु भनिने दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको छ । नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा राती झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो । टाउकोमा गोली लागेको उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी�. . .
काठमाडाैँ, ८ मङ्सिर । पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्। शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो। पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश . . .
सप्तरी,८ मङ्सिर । सप्तरीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचजना मध्ये एकको मात्रै सनाखत भएको छ ।सप्तरीको हनुमाननगर कङ्काली नगरपालिका–१० स्थित पोखरीमा बस डुब्दा जिल्लाकै डाकनेश्वरी नगरपालिका–५ की ७० वर्षे बेचनीदेवी यादवसहित चार महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । . . .
विरगन्ज,८ मङ्सिर । राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ। घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर का. . .
विराटनगर, ७ मङ्सिर। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताएका छन् । उद्योग सङ्गठन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव 'विषयक छलफलमा उ�. . .
विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारम�. . .
सप्तरी,७ मङ्सिर । सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीमा सूर्योदयसँगै शुक्रबार हजारौँ नवधामी/झाँक्रीको घुइँचो लागेको छ । हजारौं स्त्री–पुरुष दुवै पट्टिका नदीका किनारमा 'भगता' (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस. . .
विराटनगर, ७ मङ्सिर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खन. . .
बिराटनगर, ७ मंसिर । १ नम्बर प्रदेश अन्तर्गत इलाम र धनकुटा जिल्लामा भएको सवारी दुर्घटना परि १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । इलामः- इलामको इलाम नगरपालिका-१ साखेजुङमा ट्याक्सी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इलाम बजारबाट शान्तिडाँडा वाफरुङ तर्फ जादै गरेक�. . .
सुनसरी, ७ मंसिर । सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुरमा शुक्रवार खेतमा आगलागी हुँदा अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ । गंगा साहको १ बिघा, मेहदिन अन्सारीको १५ कट्ठा, र कुसुमलाल मेहेताको १५ कट्ठामा लगाएको धानबालीमा आगलागी भएको हाे । आगलागीबाट उनीहरुको धान पूर्ण रुपमा जलेर नष्ट भएको जि. . .
संखुवासभा । सदरमुकाम बाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थल मध्ये पाथिभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय स्थल हो । पछिल्लो समय यो स्थान अध्ययन भ्रमण र पिकनिक स्थलको रुपमा पनि चिनि थालेको छ । नयाँ बर्षमा निकै ठूलो जमघट हुन्छ पाथिभरा मन्दिरमा । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर�. . .
विराटनगर, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख �. . .