अन्तराष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव, पाँच पाकिस्तानी सैनिकको मृत्यु

अफगानिस्तान–पाकिस्तान बोर्डरमा अफगानिस्तानका कबायलीले पाकिस्तानी सेनाका पाँच जवानको हत्या गर्नुका साथै एक सैनिकलाई बन्दी बनाएका छन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबीबीले बीबीसीलाई बताएअनुसार मारिएका जवानको शव पाकिस्तान फौजलाई बुझाइसकिएको छ । गएको हप्ता सुरु भएको यो झडप अहिल. . .


सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

वैशाख २– सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु भएको छ । पछिल्लो समय सिरियामा भएको रसायनिक आक्रमणपछि पश्चिमी देशहरुले जवाफी कारवाही गरेको जनाएका छन् । सिरियाली सरकारले रसायनिक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका, बेलायत र रुसले त्यसमा रोक लगाउन रासायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गरेको �. . .


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो ।   पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।. . .


हावाहुरीले भारतको विश्वप्रशिद्ध धरोहर ताजमहलमा क्षति

लखनउ, चैत २९ । भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ ।  अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित ताजमहलमा समेत क्षति पुगेको छ । ताजमहलको ए�. . .


अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु

बीबीसी । अल्जेरियामा सैन्य विमान दुर्घटना हुँदा १०० जनाको मृत्यु भएको स्थानीय मिडिया रिपोर्टले जनाएको छ । मृत्यु हुनेको सङ्ख्या २०० पुग्न सक्ने आशंका गरिएको छ । टिभी न्युजले बताएअनुसार घटनास्थलमा अहिले १४ वटा एम्बुलेन्सहरु पुगिसकेका छन् भने घाइतेलाई अस्पताल लाने क्रम पनि जारी रहेको बताइएको छ । बुध�. . .


इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी परेका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक संख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् ।   वि�. . .


फेसबुकको डाटा लिकको जानकारी प्रयोगकर्ताले यसरी पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा . . .


भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं, चैत २७ – भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना धेरै बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका �. . .


क्यानडाको जुनियर आइस हक्की टिमको बस दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटना भएको क्यानडेली प्रहरीले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका भएको दुर्घटनामा कम्तिमा १४ जनाको क्यानडेली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । सेस्काचेवान राज्यको उत्त�. . .


दिल्लीमा प्रधानमन्त्री ओलीले भने – नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं

नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताए�. . .


८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएकाे फेसबुकले स्विकार्याे

काठमाडौं २२ चैत । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ ।बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८. . .


मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

वासिङ्टन, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’ राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् ।. . .