खेलकुद

गणेश थापालाई तीनदिनभित्र निलम्बन गर्न लेखा समितिको निर्देशन

  बिराटनगर,२७ अशोज । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलात्त निर्देशन दिएको छ। सोमबार बसेको बैठकले आर्थिक अनियमितता भएको भन्दै थापालाई निलम्बन गर्दै उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्न निर्�. . .


राष्ट्रिय टोलीको अभ्यास सुरु

फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलको लागि पुरुष राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। आइतबार देखी राष्ट्रिय टोलीले अभ्यास सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी गराए। नेपाली राष्ट्रिय टोलीले यही अक्टोबर ३१ मा फिलिपिन्सको राष्ट्रिय टोलीसँग. . .


विमला तामाङले नेपाललाई दिलाइन पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्। महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्। उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्। आजै भएको क्वार्टर फाइनलमा प�. . .


पुरुष क्रिकेटमा नेपालको विजयी शुरुवात

एसियाली खेलकूद–२०१४ अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले विजयी शुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले कुवेतमाथि ९ विकेटको शानदार जित दर्ता गर्यो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको कुवेत १३.२ ओभरमा सबै विकेट गुमाएर २० रनमा समेटियो । कुवेतका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । �. . .


डिभिजन ३ का लागि टिम घोषणा

पारस खड्काको नेतृत्वमा शुक्रबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागी हुने नेपाली टिमको घोषणा गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । मलेसियामा अक्टोबर २३ देखि ३० सम्म संचालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित यसगान्डा, अमेरिका, सिंगा�. . .


विमल घर्तिमगरमाथि फिफाको नजर

आजको नागरिक दैनिक लेख्छ खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललाइ शून्य एकले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जस्ले खेलको रुपरेखा न. . .


दमक भेट्रान क्लब बिजयी

विराटनगरमा जारी दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा दमक भेट्रान क्लबले विराटनगरको मिल्स भेट्रान क्लबलाई पराजित गरेको हो । दमकले ५–० को फराकिलो गोल अन्तरमा ब�. . .


हाटखोला भेट्रान क्लब बिजयी

विराटनगर, असोज४ विराटनगरमा आजदेखी सुरु भएको दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटनग खेलमा हाटखोला भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत खेलमा हाटखोला भेट्रान क्लबले युनाइटेड स्पोर्टस क्लब (रातो)लाई १–० को गोल अन्तरले �. . .


विराटनगरको नाटकीय जित

स्पिनर हेमन राईले ७ विकेट लिएपछि वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विराटनगरले शनिबार वीरगन्जमाथि १० रनको नाटकीय विजय हात पारेको छ।  हेमनले १० ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर असाधारण बलिङ प्रदर्शन गरेपछि ८८ रनको स्कोर रक्षा गर्ने क्रममा विराटनगरले वीरगन्जलाई २८ ओभरमा ७८ रनमा अलआउट गरेक�. . .


एसियाड आजदेखि

एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलमेला १७ औं एसियाली खेलकुद (एसियाड) शुक्रबारदेखि दक्षिण कोरियाको इन्चोनमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन शुक्रबार साँझ इन्चोन एसियाड स्टेडियममा हुने भएको छ। एसियाडको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि फुटबलका खेल भने भदौ २९ गतेदेखि नै सुरु भइसकेका छन्। . . .


बिराट युथ सेमीफाइनलमा

बिराटनगरमा भइरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा बिराट युथ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मगंलबार सम्पन्न खेलमा बिराटले आयोजक जामुनगाछी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।. . .


मोडर्न एरा कलेज सेमीफाइनलमा

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा खार्जी फुटबल क्लब लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोडर्न एरा कलेज सेमिफाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको आज आइतबारको खेल लोटस स्पोर्टिङ क्लब र टिडबलुवाइस फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।. . .