मनको माया मेटाउदैमा मेट्न कैलै सकिदैन धेरै याद आए तर सहिदिन्छु बताउदिनँ सोध्दिन म तिमीलाई सञ्चै छौ कि कस्तो भयौ भन्दिन म तिमीलाई सम्झियौ कि बिर्सिसक्यौ साथी थियौ मन खोल्ने मीठो साथ समालेथेँ दुखखुशी बिसाउने चौतारी झैं रमाएथेँ एक्लोपनले कहिलेकाँही मुटु धेरै हल्लाउछ पीडा जति भएपनि सहिदिन्छु सत. . .
आजभोली मलाई तिम्रो भन्दा तिम्रा लागि लेखेको प्रेमपत्र याद आउँछ । ती प्रेमपत्र मात्र थिएनन् प्रिये, एउटा कविको कोमल भावना थिए हजार सपनाका खण्ड–खण्ड थिए, प्रिये, ती अक्षर मात्र थिएनन् साहित्यका अमूल्य नीधि थिए । मेरा अनगिन्ती पाठक मसँग ती अमूल्य शब्दको माग गर्दैछन् म देखाउन सक्तिन तिम्रो द्वा. . .
( कोहीसँग मेल खाएमा संयोग मात्रै हुनेछ ) हस्पिटलमा दिनहुँजसो कोही न कोही बिरामी मरे कै हुन्थे । रुवाबासी भए कै हुन्थ्यो । तर यस्तो हुँदापनि म मर्ने दिन अाएन ? यहाँ भएका सबै बिरामीहरु एक एक गर्दै माथि जाँदा म जान सकिन । जान चाहेर मात्रै नहुने रहेछ । किन मान्छेहरू मर्न भन्दा बौलाउन जाती भन्छन् ? यदी हाँसेर खु. . .
आकाशमा जून टल्कँदा म मेरी आमालाई सम्झन्छु आमाको निधारको टीका आमाको चौबन्दी चोली र फाट्नै लागेको पटुकी सम्झन्छु । आँगनको डिलमा उभिएर आमा माथि आकाशमा टहटह टल्किएको जून देखाउनु हुन्थ्यो पारि पौवाभञ्ज्याङमा– राँको बालेर उकालो उक्लँदै गरेका भरियाका धमिलो आकृति देखाउनु हुन्थ्यो र, भन्नुहुन्थ्यो– �. . .
बाहिर देखेर हुन्न भित्र सुकुमारी छ नारी तर अन्याय विरुद्ध चै प्रलयकारी छ नारी नसोचे हुन्छ कसैले पुरुष मात्र मर्द हुन् भन्ने खोजर हेर इतिहास संसारमा नै प्यारी छ नारी हिंसा बलत्कार अनि हत्या गर्नेहरु हो अब कानुनी कठ्घरा हेर्ने हामी जस्तै नारी छ नारी कुरा मात्र कहा हो र काँधमा काँध मिलाउदै वर पिपल झै �. . .
उन्मुक्त कलम–४ समयले पात्रो फेर्यो । बितेको पात्रोले के गर्यो र के गरेन भनेर मूल्याङ्कन गर्ने दिन थियो तर फुर्सद कसैलाई छैन । मुलुकमा चुनाव लागेको छ अनि फुर्सद छैन, मधेशमा आन्दोलन जागेको छ अनि फुर्सद छैन । आगामी पात्रोले के गर्नु पर्छ ? र के गर्नु हुँदैन ? त्यसको कार्यक्रम बनाउनु पनि कसैलाई खाँचो छैन । क�. . .
-सुमित्रा भट्टराई मैले मेरी छोरीलाई परीहरुको कथा सुनाई रहदा घामजूनको कथा सुनाई रहदा कतै टाढा हेरेर , अनायसै प्रेमिल आवाजमा सोधिन आमा कविता कस्तो हुन्छ ? निशब्द म फूलहरुलाई उनेर माला बनाए जस्तो शब्दहरुलाई उनेर कविता बनाउन नसकेकी आमा कसरी भनौ कविता कास्तो हुन्छ ? एकटक हेरीबसे उनको मुहार । छोरी , म त�. . .
-दधिराम ढकाल सुन,टाउको विनाका मान्छे हो हात ,खुट्टा ,आँखा विनाका मान्छे हो तिम्रो बोलीमा झुटको कालो बादल देख्छु । तिम्रो मस्तिष्क भरिएको टाउकोलाई म हाडै हाडको अस्थिपन्जर मात्र देख्छु । तिम्रा प्रत्येक हात खुट्टाका चालमा जालै जालको खेल देख्छु । तिम्रो छड्के दृष्टिमा क्रूर हेराइ देख्छु । मान्छे के भ�. . .
विराटनगरमा बिहिबारबाट पुर्वाञ्चलस्तरिय वागंमय गाेष्ठी तथा कविता महाेत्सव सुरू भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानकाे हिरक जयन्तीकाे अवसरमा उक्त कार्यक्रम विराटनगरकाे अाराेहण गुरूकुलमा सुरू भएकाे हाे । कार्यक्रममा रामजीप्रसाद तिमल्सिनाले ‘समालाेचना’ र साेमप्रसाद खतिवडाले ‘संस्कृति’ र अन्यले. . .
कुन हिसाब लगाऊ म यो जिन्दगीको २ र २ जोडेर ४ हुन्न यहाँ | के अर्थ खोजौ म यो बाटोको कसैको दुखले, कसैको मन छुन्न यहाँ || केवल दौड भा छ जिन्दगि मात्र हिडेर पुगिदैन यहाँ | कुद्नु पर्छ रे, नकुदी समय को साथ पाइदैन जहाँ || केवल उठ्ने प्रयास गर्दैछु, छेउमा अरु दौडिरहेका छन् | गन्तब्य के भनि सोध्दा, कुम्ल्याउने उ. . .
फूल सुन्दर हुन फूल्दैन फूल्नकै लागि फूल्छ । आकाश पृथ्वीलाई खुशी पार्न खुल्दैन खुल्न कै लागि खुल्छ । प्रकृति हो, आफ्नो आफ्नो प्रबृत्ति हो । हुन त, तिमीलाई फूल भन्दा कोपिला राम्रो लाग्दो हो आकाश खुल्ला भन्दा अन्धकार राम्रो लाग्दो हो मेरो बोली भन्दा तिमीलाई मौनता राम्रो लाग्दो हो प्रवेशद्वार भन्दा �. . .
कसैलाई कहाली लाग्दो , छ यो मृत्यु ! कसैलाई उत्सव लाग्दो हो यो मृत्यु ! सोध्छौ मलाई भने म भनिदिन्छु मेरालागी त कौतुहल छ यो मृत्यु भागदौड बाट सुस्ताएको कोलाहल बाट मुक्ती पाएको ईष्र्या र द्वेषमा रुमल्लिनु नपर्ने हावै हावामा फैलिएर बिलाईजाने यो मृत्यु किन डराएर भाग्छन मान्छे यति सहज ,सरल र निशुल्क छ यो म. . .