समाचार

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ । पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, प. . .


माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाउनुभएको छ । प्रदेश समितिको उपाध्यक्षमा अ. . .


सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी

सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ । जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालम�. . .


धिताेपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

काठमाडौँ । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुस�. . .


फोनिज प्रदेश १ द्धारा मन्त्री समक्ष संचार विधेयक मस्यौदा सुझाव पेश

विराटनगर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ ले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ को प्रारम्भिक मस्यौदामाथि सुझाव पेश गरेको छ । आन्तिरक मामिला तथा कानुन मन्त्रालयले गत फागुन ११ गते प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ को प्रारम्भिक मस्यौदा माथि छलफल . . .


प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ ज�. . .


नेपाल र भारतबीच ‘जीटूजी’ मार्फत मल आपूर्ति गर्ने समझदारी

काठमाडौं । नेपाल र भारत सरकारबीच ‘जीटूजी’ व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचि�. . .


निकेश राय हत्या प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो

विराटनगर । गएको कात्तिक २० गते विराटनगरको वडा नं. १६ खादम पुला नजिक भेटिएको शवको बिषयमा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै पिडित पक्षले आरोप लगाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नलाई प्रहरीले कारवाही नगर्दा आफुहरु अन्यायमा परेको उनीहरुले गुनासो गरेका हुन् । सुनसरीको बर्जु गाउँपालि. . .


नेटवर्किङ व्यावसाय गर्ने ओरिएन्सको ठगीधन्दा : विदेश भ्रमणको सपना देखाएर उपभोक्ता ठग्दै

विराटनगर । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यावसायमा संलग्न रही डाइरेक्ट सेलिङ कम्पनीको पहिचान बनाएको ग्लोबल ओरिएन्सबाट पछिल्लो समय उपभोक्ताहरु ठगिदै गएको पाईएकोे छ । सरकारले कानुनी व्यवस्था गरेरै घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई अनुमति दिएपछि विभिन्न आर्थिक प्रलोभनमा परी ‘ग्लोबल ओरिएन्स न�. . .


जेल भित्र सिकेका कुरा बाहिर लागु भएमा समाज सभ्य बन्छ : मन्त्री कार्की

संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्. . .


जंगली जनावर मार्ने १ जना भरुवा बन्दुक सहित पक्राउ

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका वडा ७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर वडा ७ फलाटे बस्ने ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । सोमबार बिहान करिब ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहे�. . .


‘एमसीसी अनुमोदनले मार्गप्रशस्त गरेको छ, अब काम शुरु हुन्छ’

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञास�. . .